आईएमई र गोल्डस्टार विच सम्झौता, “आइएमई पे” मार्फत गोल्डस्टार जुत्ताको खरिदमा भारी छुट

   २३ बैशाख २०७९, शुक्रबार १३:३७  

काठमाडौं । गोल्डस्टार जुत्ताहरुको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशत देखि लिएर ३ सय सम्मको छु पाउने भएको छ ।
आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित “आइएमई पे” र गोल्डस्टार बीच विहिवार आयोजित एक कार्यक्रमको विच संघिय राजधानी काठमाडौमा सम्झौता भएको हो ।
आइएमई ग्रुप र गोल्डस्टार विच सम्पन्न भएको सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टारको जुत्ताहरुको खरिदमा “आइएमई पे” मार्फत भुक्तानी गर्दा ३० प्रतिशत देखि लिएर ३ सय सम्मको छुटको व्यवस्था गरिएको छ ।
उपभोक्ताहरुलाई गोल्डस्टार प्रति आकर्षित एवं सहज रुपमा सुविधा तथा खरिदमा राम्रो छुट दिने अभिप्रायले डिजिटल भुक्तानी प्रणालीलाई महत्वका साथ आइएमई पे प्रविधिको विकासित गर्दै नेपाली उपभोक्ता समक्ष ल्याइएको छ । आईएमइ पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई बाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेको आइएमईद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
आज देखि यानी कि शुक्रवार देखि सुरु भएको यो अफर सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेकआउट मा र गोल्डस्टार जुत्ताको भौतिक आधिकारी शो रुमहरुमा स्मार्ट क्यूआर मार्फत भुक्ता गर्दा समेत उक्त छुट पाउने जनाइएको छ ।
योजनाको बारेमा बोल्दै आइएमई पे का सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सम्झौताबाट पुरानो प्रयोग कर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिइने विश्वास व्यक्त गरे । गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले “आइएमई पे सँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु”, डिजिटल प्रविधिबाट भुक्तानीको व्यवस्थापन हुँदा अनावश्यक रुपमा नोट बोकेर हिड्नुपर्ने झण्झटबाट उपभोक्ताहरु मुक्त हुने बताए ।
आइएमई डिजिटल सोलुसन लिमिटेड के हो ?
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन संस्था हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरिसकेको छ । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने छ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । प्रत्येक व्यक्तिहरु बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध गरेको छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

गोल्डस्टारको बारेमा

गोल्डस्टार वास्तविक सामग्री र आधुनिक प्रविधिबाट बनेको बलियो र भरपर्दो ब्रान्ड हो । गोल्डस्टार अहिले नेपाल र भारत भरीमा बिक्री भइरहेको छ र बिस्तारै पश्चिमा देशहरुमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । स्थापनाकाल देखि नै गोल्डस्टारेले आफूलाई नेपालको सबैभन्दा ठूलो जुत्ता उत्पादन गर्ने समूहको रूपमा स्थापित गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै