सर्प जस्तो कुपात्रलाई राजनीतिमा ल्याएको परिणम आज हेर्नुपरको छ ः केपी शर्मा ओली

459 Shares

रौतहट, २३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५० बर्ष अघि रौतहटको युवक माधवकुमार नेपाललाई राजनीतिक गर्न सिकाएर पार्टीमा ल्याए तर मैले ठूलो भूल गरे आज सर्पको बच्चालाई दुध खुवाएको साबित भएको बताए ।


नेकपा एमालेद्धारा रौतहट सदरमुकाम गौरमा शुक्रवार आयोजित आम सभालाई सम्बोधन गर्दै उनले ५० बर्ष अघि महेन्द्र मोरंग कलेजमा पढ्दै गर्दा राजनीतिमा आउनु पर्छ भनी सम्झाएर ल्याए, पूर्णकालिक कार्यकर्ता बन्ने सिकाएर, राजनीतिमा ल्याएर, जिम्मेवार पदमा राख्न लगाएर, १५ बर्ष सम्म पार्टी हाँक्ने मौका दिन लगाएर, २१ महिना सम्म प्रधानमन्त्री बनाए पनि उसले एमालेलाई बर्वाद पार्नमा कुनै कसर बाकी राखेनन, मैले माधव नामक सर्पलाई दुध खुवाएको कारण आज यस्तो दिन हेर्नुपरेको छ ।
“चितवनमा काँग्रेसको सभामा प्रचण्डको छोरीको लागि भोट माग्दै गर्दा माधवले एमाले प्रति लक्षित गर्दै कुहिएको फर्सी हो भन्दैमा एमाले कुहिएको फर्सी नभएर माधव नेपालनै कुहिएको फर्सी हो” ओलीले भने । “पार्टीले धेरै सहेर माधवलाई योग्य र होनहार बनाए तर बंसलाई नास गर्ने कुलंगार कुपात्रको रुपमा पुष्टि भएको” छ ।

जिल्ला अध्यक्ष त्रिभुवन साहको सभापतित्वमा सम्पन्न आम सभामा स्थायी समिति सदस्य प्रभु साह, गौर नपाको मेयर उम्मेदवार अनिलकुमार मिश्रले सम्बोधन गरेका थिए भने साँसद रेखा झा, संविधान सभा सदस्य बबन सिंह, अब्दुलकलाम अजाद, मधेश प्रदेश समितिका सदस्यहरु लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार