zoom desktop client for pc version 4.6.4 free conference call app zoom zoom installation failed error 10088 - zoom installation failed error 10088 zoom canada download zoom online teaching app free download zoom download not working net download free zoom on my laptop

सार्वजनिक स्थलहरुमा सिसिटिभीको माध्यमद्धारा निगरानी राख्छौ दाहाल

   २३ बैशाख २०७९, शुक्रबार १८:३३  

चन्द्रपुर, २३ वैशाख । रौतहट जिल्लाको चन्दपुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले सार्वजनिक स्थलहरुमा सिसिटिभीको माध्यमद्धारा निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको अमूल्य मत माग्दै घरदैलोमा जुटिरहेका मेयर पदका उम्मेदवार दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । यसरी सार्वजनिक स्थलहरुमा सिसिटिभीबाट निगरानी राख्दा अपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै शान्ति सुरक्षाको अवस्था सवल हुने उनको प्रतिक्रिया छ ।

साथै नगरपालिका अन्र्तगतका सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको व्यवस्था गर्ने, खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने दाहालको प्रतिबद्धता छ ।

शिपमूलक, प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिंदै एक माध्यमिक विद्यालय एक प्राविधिक बिषयको अवधारणालाई साकार पार्ने, कृषि, स्वास्थ्य, वन, इन्जिनियरिङ र सूचना प्रविधि सेवाहरु सहितको एक वहुप्राविधिक शिक्षालय स्थापना गर्ने दाहालको योजना छ ।

घरदैलोका क्रममा आज शुक्रबार वडा नम्बर ३ र हिजो बिहीबार वडानम्बर ९ मा पनि नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

आसन्न निर्वाचनमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडाका उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता घरदैलोमा कार्यक्रममा सहभागी थिए ।

बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै