उपेन्द्र चुनावी सभालाई सम्बोधन गर्न रौतहटमा

रौतहट, २३ वैशाख । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव चुनावी प्रचारको सिलसिलामा विभिन्न पालिकामा गएर आफनो उम्मेदवारको पक्षमा चुनावी सभालाई सम्बोधन गरेका छन् ।
यसै क्रममा रौतहटको राजपुर नगरपालिकामा जसपा उम्मेदवार शेर जैदको पक्षमा चुनावी सभालाइए सम्बोधन गर्दै यादवले आउदो ३० गते हुने निर्वाचनमा युवालाई यस नगरपालिकाबाट जिताएर नगरमा व्याप्त भ्रष्टाचार र अनियमिततालाई समाप्त पार्ने कार्यमा अमूल्य मत दिई जैद राजालाई अपार बहुमतले विजयी गराउने अपिल गरे ।
मधेश प्रदेशमा राजपुर जस्तो नगरपालिकामा युवा उम्मेदवार जुन आफनो वुवाको सपनालाई पुरा गर्न अघि बढेको हुँदा उनले जसपाको पक्षमा मतदान गरेर स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
मधेस प्रदेश का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र यादव, जसपा का केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य किशोरी यादव लगायत नेताहरु राजपुरमा सम्बोधन गरेका थिए ।
स्थानी तहको निर्वाचनका लागि राजपुर नगरपालिकामा नगरप्रमुख (मेयर) का उम्मेदवारी दर्ता गराएका जैद राजाको निजी निवासमा जसपाका अध्यक्ष यादवसहित आएका नेताहरुले नगरवासीहरुसँग भेटघाट गर्दै जैदलाई मतदान गरि विजयी बनाउन आग्रह समेत गरे ।
नगर विकास र राजपुर नगरपालिका क्षेत्रलाई हिलो र धुलो मुक्त गर्नलाई भारी मतले जैदलाई विजय बनाउन स्थानीहरुलाई आग्रह गरेका हुन् । नगरवासीले जैदलाई समर्थन गरे भने प्रदेश सरकारको पहिलो प्राथमिकतामा राजपुर नगरपालिकाको विकास नै रहने समेत मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।