zoominfo pricing 2021 zoom meeting download windows 10 pc 64 bits download a zoom meeting download zoom version 5.3.1 which zoom app is free

पाँच बर्ष सम्म काम गरेन भने अर्को पटक मत माग्न आउदिन ः महामन्त्री गगन थापा

   २३ बैशाख २०७९, शुक्रबार १९:२५  

रौतहट, २३ वैशाख । नेपाली काँग्रेसको प्रभावशाली युवा नेता एवं महामन्त्री गगन थापाले रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा गएर शुक्रवार चुनावी सभालाई सम्बोधन गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कस्तो व्यक्तिलाई टिकट दियो दिएन त्यसको हिसाव किताव गर्ने वेला अहिले छैन, काँग्रेसको उम्मेदवारको पक्षमा मात्रै मतदान गरी आफनो उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
पाँच बर्षको लागि नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउनुस यदी ति निर्वाचित उम्मेदवार जनताको इच्छा आकाँक्षा माथि खरो उत्रिएन, जिम्मेवारी पुरा गर्न सकेन भने म तपाईहरुको अगाडी रुख चिन्हमा मत दिनुस भन्न आउदिन भने जस्ता प्रतिबद्धता जनाए । आम नेपाली जनताको आशा र भरोसाको केन्द्र नेपाली काँग्रेस रहेको हुँदा हामी काम गरेनौ भने हामी मत माग्न अर्को पटक आउदिन समेत जनताहरु संग प्रतिबद्धता जनाए ।
चन्द्रपुर नपाको मेयर उपमेयर सहित सम्पूर्ण प्यानललाई जिताउनुस यदी उनीहरु काम गरेन भने गगन थापा तपाईहरुको माझ भोट माग्न आउदीन त्यसैले नेपाली काँग्रेसको पक्षमा मतदान गर्न अपिल गरे ।
यस्तै उनले रौतहटको गरुडा, इशनाथ र राजदेवीमा चुनावी सभालाई सम्बोधन गर्दै आजै उनी जिल्लाबाट फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै