रौतहटको १८ पालिका मध्ये १४ मा पुरानै अनुहार

यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा रौतहटको अधिकाँश पालिका प्रमुखमा पुरानै अनुहारहरु मतदाताहरुलाई रिझाउनमा अहिले दिनरात भरी व्यस्त रहेका छन् ।
मुलुकमै सबैभन्दा बढि नगरपालिका भएको रौतहटमा १६ नगरपालिका र २ वटा गाउँपालिका गरी १८ स्थानीय तह मध्ये १४ पालिकामा पुरानै अनुहार यानी पहिला जितेकै उम्मेदवार अहिले चुनावी मैदानमा रही मतदाताहरुको घरदैलोमा गएर आ आफनो पक्षमा मत लिन रिझाउने कार्यमा दिनरात लागिपरेका हुन् ।
पुरानै अनुहार भएका उम्मेदवारहरुमा गौर नगरपालिकामा लोसपाबाट अजयकुमार गुप्ता, राजदेवीमा नेपाली काँग्रेसका धिरेन्द्र प्रसाद सिंह, दुर्गा भगवती गापामा काँग्रेसकै अरुणकुमार साह, माधवनारायण नपामा जसपाको विरेन्द्र यदाव, गढीमाई र वृन्दवानमा नेकाबाटै श्यामप्रसाद यादव, रामस्नेही यादव चुनावी मैदानमा ओर्लिएर चुनाव प्रचार प्रसारमा यति वेला व्यस्त रहेको छ ।
यस्तै गुजरामा जसपाका सन्तलाल चौधरी, फतुवा विजयपुरमा नेकाबाट गोपाल यादव, मौलापुरमा एमालेका रिनाकुमारी साह, बौधीमाईमा जसपाका राजिवरंजन यादव, परोहामा नेकाका शेख वकिल, इशनाथमा एमालेका सन्तोष कुमार मेहता, कटहरियामा एमालेका सियाराम कुश्वाहा, जसपाका गरुडामा मेयर इन्नु राय यादवको छोरा अनिलकुमार यादव सहितका व्यक्तिहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
दोश्रो पटक उम्मेदवार बनेका ति व्यक्तिहरु सबैले अधुरो काम पुरा गर्नुछ भनेर निर्वाचनमा ओर्लिदा जनताहरु कतिपयको पक्षमा नभएपनि दिनरात मेहनत गरी उनीहरुको घरदैलो र आँगन चहार्नमा समय व्यतित गरिरहेका छन् । चन्द्रपुर, राजपुर, देवाही गोनाही र यमुनामाई सहित चार वटा पालिकामा नयाँ अनुहारका व्यक्ति प्रमुख पदमा उम्मेदवारी दिदै निर्वाचनमा ओर्लिएको छ ।
चन्द्रपुर नगरपालिकामा काँग्रेसको टिकटबाट २०७४ सालमा निर्वाचित भएका रामचन्द्र चौधरीलाई यसपालि टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानलाई झन तताएको छ । काँग्रेसले संजय काफ्लेलाई उम्मेदार बनाएर चुनावी प्रतिष्पर्धामा उतारेका छन् । यस्तै देवाही गोनाही नपाको निर्वमान मेयर धर्मेन्द्र पटेलको स्थानमा उनको श्रीमतीलाई मैदानमा उतारेपछि जसपा भित्र कार्यकर्ता पंक्तिमा असन्तोषको लहर चलेको छ । उक्त नपामा अधिकाँश कार्यकर्ताहरुलाई पाखा लगाएर निवर्तमान मेयरको श्रीमतीलाई टिकट दिदा कार्यकर्ताहरुमा आक्रोश बढेको छ ।
समुचित रुपमा सडक, नाला, स्वास्थ्य शिक्षा, खानेपानी लगायत आम मानिसलाई चाहिने आधारभुत आवश्यक्ताहरु पुरा गर्न नसकेकाहरु पुन ः उनीहरुले अधुरो कार्यहरु पुरा गर्नुपर्ने भन्दै चुनावी मैदानमा होमिएर मतदाताहरुलाई रिझाउनमा व्यस्त रहेका छन् ।