दुर्गा भगवतीको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा हुने निश्चित

   २४ बैशाख २०७९, शनिबार १६:५०  

दुर्गा भगवती (रौतहट), २४ वैशाख । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन जति नजिकिदै जाँदा उम्मेदवारहरु आफनो मतदान गर्न जनताहरुको घरदैलो पुग्ने क्रमलाई यतिखेर तिव्र बनाएको छ ।
अधिकाँश नयाँ अनुहारका उम्मेदवारहरु कामको आधारमा मूल्याँकन गरेर मात्रै आफनो पक्षमा मतदान गर्न मतदाताहरुलाई रिझाईरहेको हो । कतिपय उम्मेदवारले आफू आएपछि आर्थिक अनियमिततालाई खतम पारेर जनताहरुलाई स्थानीय सरकारको बास्तविक रुपमा अनुभुति गराएर जनताको सरकार स्थापित गराउने भन्दै आफनो पक्षमा मतदान गर्न आकर्षित बनाउने गरेका छन् ।
पुरानै उम्मेदवारहरु दोहरयाएर चुनावी मैदानमा ओर्लिएर पुरानो कार्य एवं अधुरा कार्यहरु पुरा गराउनु छ भन्दै आफनो पोल्टामा मतदान गर्न जनताहरुलाई खुशी पार्न यतिखेर कम्मर कसेर लागिपरेको छ ।


दुर्गा भगवती गाउँपालिकामा बैशाख ३० गतेको निर्वाचनमा त्रिकोणात्मक लडाई हुने निश्चित भएको छ । माओवादी उम्मेदवार शम्भु सिंह, नेपाली काँग्रेसको उम्मेदवार अरुणकुमार साह र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रतिनाथ झा (भुटकुन) विच त्रिकोणात्मक प्रतिष्पर्धा हुने देखिएका छन् ।


यसैक्रममा नेकपा माओवादी एकिकृतको दुर्गाभगवतीमा उम्मेदवार रहेका शम्भु सिंह पनि भ्रष्टाचार मुक्त गरी सुशासनको अनुभूती दिलाउने प्रतिबद्धता जनाउदै प्रत्येक मतदाताहरुको घरमा पुगेर गोलाकार भित्र हसिया हथौडामा मतदान गरेर एकपटक विजयी गराउन अपिल गरेको छ । गाउँपालिकामा बढेको व्यक्ति विशेषको हैकमलाई समाप्त पारी जनताको प्रत्यक्ष सरकार स्थापित गर्ने प्रतिबद्धता गर्दैछ । उनीहरु के दिन के रात जुनसुकै समयमा पनि मतदाताको घरमा पुगेर मत माग्दैछन् ।
उनले आफू जितेपछि पालिकाबाट कुनैपनि सेवा सुविधा लिने छैन, युवाहरलाई रोजगारको व्यवस्थापन, महिलाहरुलाई सिप, खानेपानी विजुली केही हद सम्म निशुल्क, स्वास्थ्यको अवस्थालाई सुदृद्ध, गुणस्तरिय शिक्षा लगायत जनताको आधारभुत आवश्यक्ताहरु पुरा गर्ने प्रतिबद्धता उम्मेदवार शम्भु सिंहले जनाउदै आफनो पक्षमा मतदान गरी एक पटक जिताउन दुर्गा भगवती गाउँपालिकाको आम मतदाताहरु संग अपिल गरे ।


निवर्तमान गाँउपालिका अध्यक्ष एवं नेपाली काँग्रेसको उम्मेदवार अरुणकुमार साह राजनीतिक खेलाडी हुन् । उनलाई कम आकलन गर्नु ठिक नहुने स्थानीयहरुको भनाई रहेको छ । उनले पाँच बर्षमा कतिपय कार्यहरु राम्रा गरेको छ जसको मूल्याँकन गर्ने समय आईसकेको हुँदा साह अहिले घरदैलो कार्यक्रमको साथै प्रत्येक मतदाताको घरमा गएर आफनो पक्षमा मतदान गर्न महिला पुरुष युवाहरु संग आग्रह गरिरहेको छ ।


साह सहित नेपाली काँग्रेसको नेता एवं कार्यकर्ताहरु काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर साहलाई अपार बहुमतबाट जिताई अधुरो कार्यहरु पुरा गराउनुपर्ने तर्क दिदै मतदाताहरुलाई आकर्षित बनाउनमा कुनै कसर बाकी राखेको छैनन् । जनता भनेको जनार्दन हो, जनमतको कदर आफू सधै गरेको छु, त्यसैले यसपाली पनि मेरै पक्षमा मतदान गरी दुर्गा भगवती गाउँपालिकाको कायापलट गराउने कार्यमा सहयोग पुर्याउन अपिल समेत उनले गरे ।


यसैगरी लोसपाको तर्फ उम्मेदवार बनेका रतिनाथ झा (भुटकुन) दिनरात जनजनको घरमा गई यसपाली आफूलाई एक पटक मौका दिएर सेवा गर्ने अवसर प्रदान गर्न विनती गर्दै घरदैलो कार्यक्रमलाई जारी राखेका छन् । लोसपा उम्मेदवार झा विगतको निर्वाचनमा जनताले उनलाई दोश्रो स्थान ल्याएको हुँदा यसपालि अध्यक्ष पदमा निर्वाचित गराएर युवाहरु, महिला, शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतको समस्या समाधान गराउन आग्रह गरे । लोसपाको निर्वाचन चिन्ह साइकल छापमा मोहर लगाएर जिताएमा दुर्गा भगवती गाउँपालिकामा देखिएको बेथितिहरुलाई निर्मुल पार्दै स्वच्छ, निष्पक्ष, इमान्दारीका साथ जनताहरुको हितमा सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाए ।
हुनत यो तिन जना बाहेक जसपाको संजय यादव र जनमतको विरेन्द्र साह पनि चुनावी मैदान रहेको हुँदा उहाँहरु पनि आफूहरु पालिकाको लागि योग्य कर्मठ र इमान्दार हुने बताउदै जनताहरुको घरदैलोमा पुग्ने क्रमलाई जारी राखेका छन् ।
तर जे भएपनि दुर्गा भगवतीको जनताहरु यही ३० गते जसको पक्षमा मतदान गरेर मतपेटिकामा मत खसालेको आधारमा मतगणना पश्चात कुनै एक जना उम्मेदवार विजयी हुने छ । जनता जनार्दनले जसलाई पत्याए त्यही आउदो जेठ ५ गते गाउँपालिकाको कुर्सीमा विराजमान हुने छन् । सबै उम्मेदवारलाई तराई टपले बधाई एवं शुभकामना दिन चाहेको छ, जनताको विश्वासलाई शिरोधार्य गरेर आफनो कर्मक्षेत्रलाई अघि बढाउने अपेक्षाको साथ अग्रिम शुभकामना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै