अधिनायकवादी ओली सरकार विरुद्ध रौतहटभरी प्रदर्शन

   ५ माघ २०७७, सोमबार २१:२०  

तराई टप संवाददाता
रौतहट, ५ माघ । प्रधानमन्त्री केपी ओलीद्धारा चालिएको असंवैधानिक कदमको विरुद्ध नेकपा दहाल नेपाल समुहका नेता तथा कार्यकर्ताहरु रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा विरोध प्रदर्शन गरेका छन् ।
दुर्गा भगवतीको पिपरा बजारबाट निस्किएको विरोध जुलुशमा नेता एवं कार्यकर्ताहरु प्रधानमन्त्रीको असंबैधानिक कदमको चर्को नारा लगाउदै गाउँ बजार क्षेत्रमा प्ररिक्रमा गर्दै सामुदायिक भवनमा विरोध सभामा परिणत भएका थिए ।


विरोध सभालाई सम्बोधन गर्दै युवा नेता धर्मेन्द्रकुमार (डिके) झाले पार्टी भित्रको आन्तरिक मतभेदको कारण सिंगो देशलाई नै संकटमा धकेल्ने कार्य प्रधानमन्त्री ओलीले गरेको आरोप लगाउदै संविधानमा प्रतिनिधि सभा विघटन गर्ने कुनै प्रावधान नभएपनि प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनकारी कदम चालेको हुँदा सडक संघर्षको माध्यमबाट प्रतिनिधि सभा स्थापित गराए छाड्ने चेतावनी दिए ।
नेकपाको गाउँपालिका अध्यक्ष शम्भु सिंहले दुई तिहाई जनताको कदर नगर्ने भ्रष्ट, अवसरबादी, बलातकारी, लगायतका जमातहरुबाट भरीएका कथित पक्षधरहरुको अत्यको समय आउन लागेको हुँदा चाँडै सत्यको विजय हुने असत्यवादी केपी ओली सरकारको अन्त्य हुने जस्ता टिप्पणी गरे । सडक संघर्षबाट ठूलो आधाँवेरी ल्याएर वर्तमान सरकारलाई ढाली लोकतान्त्रिक सरकारको स्थापना गरी भ्रष्टाचारी एवं अवसरबादीलाई तह लगाएमा मात्रै मुलुकलाई समृद्ध तथा विकसित देश बनाउने अग्रसर हुने छौ उनले भने ।


पूर्व राज्यमन्त्री रहिसक्नु भएको एवं नेकपाको जुझारु नेता सत्यनारायण भगतले मुलुकबाट लोकतान्त्रिक व्यवस्थालाई अन्त्य गर्ने कुटिल साजिशको शिकार बनेको प्रधानमन्त्री ओली अधिनायकबादको सुत्रपात गरेको आरोप लगाए । दुई तिहाई जनताको मयाण्डेडको अवहेल्ना गर्दै सिंगो मुलुकलाई नै समाप्त पारी अवसरवादी एवं प्रतिगमन कारीलाई मौका दिएकोमा सडक संघर्षको माध्यमबाट प्रतिनिध सभाको पुनरस्थापना गरेर ओेली सरकारलाई पदच्यूट गरी लोकतान्त्रिक सरकारको निर्माण चाँडै हुने बताए ।
यसैगरी नेकपा दहाल नेपाल समुहले रौतहट सदरमुकाम गौरमा निकालेको विरोध जुलुश गौर नगरमा परिक्रमा गरे पश्चात राइस मिलमा कोर्ण सभामा परिणत भएका थिए । कोेर्ण सभालाई सम्बोधन गर्दै नेकपाको युवा एवं होनहार नेता गौर नगरको मेयरको प्रत्यासी शम्भु साहले विधिको शासन व्यवस्थालाई धरापमा पारेर प्रतिगमनकारी कदम प्रधानमन्त्री ओलीले चालेको आरोप लगाए ।


दुई तिहाई जनताको अपार मत प्राप्त गरेको नेकपाको नेता केपी शर्मा ओली माथि विश्वास गरेर सरकारको बागडोर दिएर समय सिमा तय गरिए तर दुर्भाग्यवस आपसी मतभेदलाई एकै छिनमा नेपाली जनताको आशा र विश्वासको मंदिरलाई भत्काई अधिनायकवादीलाई सघाएको संज्ञा दिदै उक्त प्रतिगमनकारी कदमलाई सच्याउन सडक संघर्षको माध्यमबाट प्रतिनिधि सभा स्थापित गराउन हामी जस्तो सुकै कदम उठाउन बाध्य हुने छौं उनले भने ।
मौलापुर, चन्द्रपुर लगायतका स्थानहरुमा नेकपा तथा दुर्गा भगवतीको गंगापिपरामा सिके राउत समुहले पनि प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको विरुद्धमा विरोध जुलुश एवं सभाहरुको गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै