वडाबाट पाउने सेवा सुबिधाबाट शिक्षा र स्वास्थ्यको लागि कोष स्थापना गर्छुः पहरी

   २४ बैशाख २०७९, शनिबार १७:१३  

खेम बोल्खे
चन्द्रपुर, २४ वैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट चन्द्रपुर वडा नम्बर ६ का उम्मेदवार केशरबहादुर पहरीले आफूले पाउने सेवा सुविधाहरुबाट असाह्य र गरीब बिधार्थीहरुलाई शिक्षा र स्वास्थ्यको लागि कोष खडा गर्ने घोषणा गरेका छन् ।

वैशाख ३० गते हुने निर्वाचनमा ‘कलम छाप’को उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन मत माग्दै घरदैलोमा पुगिरहेका पहरीले वडा कार्यालयको क्रियाकलाप पारदर्शी बनाउने र सार्वजनिक सेवासहितको समृद्ध वडा बनाउने प्रतिबद्धता जनाए ।

आफू समाजवादी अभियानमा सक्रियताका साथ अघि बढिरहेको बताउँदै ‘कलम चिन्ह’का उम्मेदवाहरुले अत्याधिक बहुमतले जीत हासिल गर्ने दाबी गरे ।

चन्द्रपुर वडा नम्बर ६ को वडाध्यक्षमा पहरी र सदस्यहरुमा शान्तिमाया राई, सीतादेवी दाश, कमलेश चौधरी र राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै