अबैध हतियार गोली सहित २ भारतीय नागरिक पक्राउ

   २४ बैशाख २०७९, शनिबार १७:४५  

बारा, २४ वैशाख । सिम्रौनगढ़ नगरपालिका बसवरिया स्थित कचोर्वा जाने बाटोमा अबैध हतियार सहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ बसबरिया भएर कचोर्जा जाने बाटोमा सशस्त्र प्रहरीले नियमित चेकजाच गर्ने क्रममा दुई जना भारतीय नागरिकलाई हतियार सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।
शनिवार विहान १० बजेको समयमा विआर ०१ सि १ ३१६१ नम्वरको मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा एक थान अटोमेटिक पिस्टल र एक थान कटुवा र सोमा लग्ने २÷२ थान गोली सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी कस्वा लौखान पूर्वी चम्पारणका २३ बर्षीय पप्पुकुमार यादव र भेलवा बजार पूर्वी चम्पारणका २२ बर्षीय अखलेश कुमार सिंह रहेको बताइएको छ ।
भारतीय व्यक्तिहरु कम्मरमा लुकाई छिपाई नेपाल ल्याउदै गरेको अवस्थामा छिन्नमस्ता बाहिनीको स्क्वार्ड टोलीले पक्राउ गारी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ़लाई बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै