दुर्गा भगवती गापा वडा नम्वर ३ मत्सरीमा प्रतिष्पर्धा तिव्र

   २४ बैशाख २०७९, शनिबार १८:२४  

रौतहट, २४ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा कसले बाजी मार्ला आउदो चाँडै फैसला जनताले गर्ने छ तव सम्म धर्यधारण गरेर संयमित भई प्रचार प्रसार गरी जनताहरुको हृदय जित्ने कार्यमा सबै उम्मेदवारहरु लाग्नुपर्ने अवस्था देखिन्छ ।


मत्सरी गाउँको वडामा धर्मेन्द्र झा (डिके), निरजकुमार झा र धिरेन्द्र केसरी (धिरा) विच त्रिकोणनिय प्रतिष्पर्धा हुने प्रबल सम्भावना रहेको छ ।
नेकपा माओवादी केन्द्रबाट निरन्तरता दिदै धर्मेन्द्र झा (डिके), लोकतान्त्रिक समाजवादी पार्टीबाट निरजकुमार झा र नेपाली काँग्रेसबाट धिरा केसरी अहिलेको प्रमुख दाबेदारको रुपमा रहेको देखिन्छ । हुनत वडाध्यक्षको उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र मिश्र र नेकपा एकिकृत समाजवादीबाट राजिव झा चुनावी मैदानमा रहेका छन् ।


वडाध्यक्षमा निरन्तरता दिन पुन ः सोही पदमा उम्मेदवारी दिएका डिके झालाई मैले कामको आधारमा उम्मेदवारी दिएका छौं, मैले जति बजेट पाए त्यसको परिधि भित्रै रहेर थुप्रै विकास निर्माणको कार्यहरु गरे । त्यती मात्रै नभई बाहिरबाट पनि बजेटको जोहो गराएर अपेक्षाकृत राम्रै काम गरेको हुँदा पुन ः मलाई मत्सरीबासीले वडाध्यक्षमा जिताउनेमा म आशावादी रहेको बताए ।
जनताको सुखदुखमा सधै साथ रहदै आएकोमा यसपाली पनि मत्सरीको जनता मेरो साथमा छ, मैले कुनै भ्रष्टाचार गरेको होइन, जनताकै लागि काम गरेका छु, त्यसैले मरो पक्षमा मूल्याँकन जनताले गर्ने र परिस्थितिलाई बदल्ने र अवस्था पनि फेर्न लागिएकोमा मेरो जित सुनिश्चित हुने उनले भने ।


लोसपाबाट उम्मेदवार बन्नु भएका निरजकुमार झाले विगतको बर्षमा वडामा निकै अनियमितताहरु भएको छ, विकास निर्माणको अवस्थामा जानी जानी पछाडी पारिएको, जनताहरुलाई आउने अवसरहरुबाट बंचित गराएको लगायतका बेथितिहरुलाई समाप्त पार्दै नयाँ प्रारुपमा वडालाई विकसित गर्दै वडाको गरिव, असहाय, पिछिडिएका वर्गको उत्थान एवं आत्मनिर्भर बनाउने कार्यलाई प्रमुख प्राथमिकताको साथ अघि बढाउने भएको हुँदा साइकल चिन्हमा मतदान गरी भ्रष्टाचार मुक्त मत्सरी समाजको निर्माण गर्नमा मतदाताहरुले अवश्य साथ दिने छ भन्दै तपाईहरुको अमूल्य मतबाट मात्रै परिवर्तन सम्भव छ त्यस कार्यमा आजबाटै जुटेर मलाई साथ दिनुस आग्रह गरे ।


नेपाली काँग्रेसबाट उम्मेदवार रहेका धिरा केसरीले सधै भरी काँग्रेसको राजनीति वडामा मेरो घरपरिवारले गर्दै आएपनि कहिल्यै पनि सफलताको शिखरमा पुग्न नसक्दा पनि निरन्तर रुपमा गाउँबासीको सेवामा तत्पर रहदै आएको बताए । गाउँका सबै बर्गको साथ भएमा मत्सरीमा धेरै परिवर्तन गरेर देखाउने छु तर त्यसको लागि अवसर प्रदान गर्न सम्पूर्ण मत्सरी गाउँका काकाकाकी, हजुरवुवा, दाजुभाई बहिनी सबै संग हाथ जोडेर एक पटक अमूल्य मत मेरो रुख छापमा दान गरेर सेवाको अवसर प्रदान गर्न विनम्र आग्रह गर्दछु केसरीले भने । मेरो काम, मेरो रहन सहन, मेरो अपेक्षा सबै मत्सरी गाउँ प्रति समर्पित हुने छ न की बाहिर प्रति त्यसैले एकपटक सेवा गर्न सेवकलाई मौका दिई अपार मतले जिताउन हार्दिक नम्र निवेदन गाउँवासी संग गर्दैछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै