मतदातालाई रकम दिदै गर्दा सिरहामा २ उम्मेदवार पक्राउ

   बैशाख २५, २०७९  
323 Shares

सिरहा, २५ वैशाख । निर्वाचनको समयमा प्रलोभनमा पारेर मत लिने बहानामा रकम दिदै गर्दा शानिवार साँझ सिरहामा दुई जना उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।
जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आफूलाई समर्थन गर्न र मतदान गर्न भन्दैँ स्थानीयलाई पैसा वितरण गरेको अवस्थामा दुई जनालाई उम्मेदवारलाई नियन्त्रणमा लिएको हो ।
सिरहा नगरपालिका वडा नम्बर १ बाट स्थानीय सुन्दर मण्डल र हरदियाल पासवानलाई पैसा वितरण गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि स्थानीयलाई पैसाको प्रलोभन देखाएको आरोपमा दुवै जनालाई हिरासतमा लिएको तथा उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै