दाङमा पाँच दलीय गठबन्धनको चुनावी सभा आज हुदै

   २५ बैशाख २०७९, आईतवार १२:५२  

दाङ, २५ वैशाख । पाँच दलीय गठबन्धन दलहरुले आइतवार दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् ।
पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आृउन लागेका हुन् । तुलसीपुरको अरनी मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् ।
चुनावी सभामा देउवा र प्रचण्डसंगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल लगायत शीर्ष नेताहरु आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाकारी दिएको छ । दक्षिण तर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरुले दिउँसो २ बजे सम्बोधन गर्ने भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै