काठमाडौं, २५ वैशाख । निर्वाचनमा खटिएको बेला सुरक्षाकर्मीलाइ कुनै किसिमको घटानामा परि मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी सहित सुरक्षाकर्माीको मृत्यु भएमा उनीहरुको अमश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।
निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने मन्त्रिपरिषद्ले बैठकमा निर्णय गरिएको हो ।
निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने गरेको छ । बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्ला लगायत दररेट अनुसार रासन भत्ता उपलब्ध गराउने निर्णय गरेका छ ।