भरत तालमा आमाछोरी हामफालेर आत्महत्या गरिन

   २५ बैशाख २०७९, आईतवार १३:४३  

सर्लाही, २५ वैशाख । सर्लाहीको बाग्मती नगरपालिका स्थित मानव निर्मित भरत तालमा नाबालिग छोरीलाई लिएर एक महिलाले हामफाली आईतवार आत्महत्या गरेकी छिन् ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ निवासी भोला साहकी २६ वर्षीया श्रीमती रेखा साहले ३ वर्षीया छोरी आराध्य सहित तालमा हामफालेकी हुन् ।
प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाईल र्सट र सल समेत फेला पारेको छ । पारिवारिक झगडा प्रश्चात उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ । आईतवार बिहान ९ बजे हामफालेकी रेखा तथा उनकी छोरी आराध्याको शव पौने ११ बजे सुरक्षाकर्मीले बाहिर निकालेको छ । उक्त पोखरीमै मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको मृत शरीर बाहिर निकाली पोष्टमार्टमको लागि पा्रदेशिक अस्पताल मंलगवा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै