सर्लाहीमा वडाध्यक्ष उम्मेदवारलाई बिषादी युक्त मिठाई खुवाएपछि चार जना विरामी

   २५ बैशाख २०७९, आईतवार १६:०६  

सर्लाही, २५ वैशाख । घरदैलोमा गएको वेला वडाध्यक्षको उम्मेदवार सहित ४ जनालाई मिठाई खुवाउदा विरामी परेका छन् ।
सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्वर ११ को वडाध्यक्ष पदमा नेकपा माओवादीको उम्मेदवार शेख इस्तिहार संगै तिन जना वडा सदस्यहरुलाई आईतवार दिउसो १ बजेको समयमा मिठाई खुवाउदा चार जना सिकिस्त विरामी परेका हुन ।
विरामी परेका वडाध्यक्ष इस्तिहारको अवस्था विग्रदै गएपछि स्वाभिमान अस्पताल हरिवनबाट थप उपचारको लागि विरगंज पठाइएको छ भने अन्य तिन जनाको उपचार हरिवनमै भईरहेको जानकारी दिदै सर्लाही प्रहरीका एसपी प्रविण पोखरेलले मिठाई खुवाउने व्यक्तिको खोजी कार्य तथा अनुसन्धान भईरहेको बताए ।
यता आफना पार्टीका वडाध्यक्ष सहित सदस्य पदका उम्मेदवारहरुलाई सुनियोजित रुपमा मिठाईमा बिस मिलाएर खुवाइएको आरोप लगाउदै नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा रहेको हरिवन बजारमा चक्का जाम गरेपछि अवस्था तवाग्रस्त बनेको छ ।
माओवादी कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजाम सहित नाराबाजी गरिरहेका छन् । माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शनमा उत्रिएको छ ।
हरिवन बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी खटाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै