गरुडा नपाको मेयरमा कन्थमुणी प्रसाद कलवार प्रतिष्पर्धामा अघि

   २५ बैशाख २०७९, आईतवार १८:४५  

गरुडा (रौतहट), २५ वैशाख । नेकपा एमालेको तर्फबाट गरुडा नगरपालिकाको मुहार फेर्न उम्मेदवार बनेका उद्योग वाणिज्य संघ रौतहटका पूर्व अध्यक्ष कन्थमुणी प्रसाद कलवारको पक्षमा जनमत जुट्दै गएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार कन्थमुणी प्रसाद कलवारको पक्ष र समर्थनमा जनमत जुट्ने क्रम तिव्र गतिमा अघि बढिरहदा गरुडा नपाको मेयर पदमा उनी विजयी हुने प्रवल सम्भावना बढेर गएका हुन् ।
भ्रष्टाचार मुक्त नगरपालिका बनाउन समाजसेवी, व्यवसायी, इमान्दार छवी भएका व्यक्ति कलवारलाई अपार मत दिएर विजयी बनाउन एमाले जनताको पक्षमा कदम उठाउन कुनै कसर बाँकी नराख्ने बताइएको छ । यता उम्मेदवार कलवार आफनो पक्षमा मतदातालाई ल्याउन अहोरात्री खटेर जनताको मन जित्ने प्रयासलाई निरन्तरता दिईरहदा गरुडाको न्याय प्रेमी मतदाताहरु यसपाली कन्थमुणीलाई जिताउने अभियानलाई अगाडी बढाएका छन् ।
गरुडा नपाको आफनै भवन, गुणस्तरिय शिक्षा, सुदृढ स्वास्थ्यको व्यवस्था, युवालाई रोजगार, महिलालाई सिप, दलितलाई उत्थान, स्वच्छ खानेपानी, निशुल्क विजुली बत्ती, लगायतको गरुडाबासीलाई चाहिने आधारभुत आवश्यक्ताहरु पुरा गर्ने तथा नगरपालिकाबाट तलव भत्ताको सुविधा समेत नलिने प्रतिबद्धता जनाएका कन्थमुणीको पक्षमा मतदाताहरुको लहर चलेको हुँदा आउदो ३० गते सुर्य छापमा मोहर लगाएर उनलाई विजयी गराउन उनले जनताहरु संग नम्र निवेदन गरेका छन् ।
एमाले उम्मेदवार कलवार अहिले विहान, दिउसो, वेलुकी जनताहरुको घरदैलोमा गएर सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्दा जनताहरुले पनि उनलाई साथ दिइरहेको बताइएको छ ।
हुनत कन्थमुणी प्रसाद कलवारको नेपका एकिकृत समाजवादीको उम्मेदवार वृजकिशोर यादव संग प्रतिष्पर्धा हुने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै