नेपाली काँग्रेसद्धारा प्रधानमन्त्री ओली सरकारको असंवैधानिक कदम विरुद्ध रौतहट जिल्लाभरी विरोध प्रदर्शन

   ८ माघ २०७७, बिहीबार १४:४२  

तराई टप संवाददाता

रौतहट, ८ माघ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक एवं प्रतिगमनकारी कदमबाट संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि आक्रमण गरेको संज्ञा दिदै नेपाली काँग्रेसले रौतहट जिल्ला भरी प्रदर्शन गरेका छन् ।


रौतहट जिल्लामा रहेको १८ वटै स्थानीय तहको वडाहरुबाट प्ले कार्ड, व्यानर सहित निस्किएको नेपाली काँग्रेसको जुलुशमा नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री आली विरुद्ध चर्को नाराबाजी गर्दै, प्रतिनिधि सभा पुनरस्थापना, असंवैधानिक कदम सच्याउन अदालतले खुटा कमाउनु नहुने, भ्रष्टाचारी सरकार चाहिदैनन जस्ता नारावाजीहरु गरेका हुन् ।


सदरमुकाम गौरमा वडा नम्वर १ को अध्यक्ष भरत साहको नेतृत्वमा निस्किएको मोटरसाइकल जुलुशले गौर नगरको परिक्रमा गरी ओली सरकारको विरोध जनाइएको छ । यस्तै दुर्गा भगवती गाउँपालिकामा मत्सरी, गंगापिपरा र भलोहियामा पनि विरोध प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शनमा गाउँपालिका अध्यक्ष अरुण साह, काँग्रेसको महासमिति सदस्यद्धय श्यामचन्द्र झा, सन्तलाल साह, युवा नेता राजेश चौधरी, धर्मेन्द्र साह(राजु), जिल्ला समन्वय समिति सदस्य अशोक झा (पप्पु) वडा नम्वर १ को वडाध्यक्ष प्रदुमन चौधरी, २ को अध्यक्ष सुरेश चौधरी, शेख शकुर, शेख नुरुल, कृष्णचन्द्र झा सहितका सयौं नेता एवं कार्यकर्ताहरुद्धारा जुलुश प्रदर्शन गरिएको जनाइएको छ ।


यसैगरी रौतहटको चन्द्रपुर, परोहाको लौकाहा, राजपुरको राजपुर, इशनाथको औरैया, बौधीमाईको बंकुल, मौलापुरको मौलापुर बजार, फतुवा विजयपुरको विजयपुरमा, कटहरिया बजार, गुजराको कनकपुर, वृन्दावनको विश्राम्पुर, गढीमाईको समनपुर, गरुडाको गरुडा बजार, यमुनामाईको शुकदेव चोक, राजदेवी नगरपालिकामा नेपाली काँग्रेसले ओलीको असंवैधानिक कदम विरुद्ध प्रदर्शनहरु गरेका छन् ।

नेपाली काग्रेसको युवा नेता एवं समाजसेवी मोहन यादवको नेतृत्वमा गौर नपा वडा नम्वर ५ मा वृहद विरोध र्याली निकालिएका थिए । प्रधानमन्त्री ओलीद्धारा गरिएको संसद विघटन कार्य संविधानमा नभएको तर संविधानको कुन धारा प्रयोग गरेको हो जनता समक्ष ल्याउनु पर्ने , ओलीको उक्त प्रतिगमनकारी कदमलाई सच्याउन नेपाली काँग्रेस सडक संघर्षको माध्यमबाट संसदलाई पुनरस्थापित गराएर छाड्ने युवा नेता यादवले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै