परोहा नगरपालिकामा काँग्रेसको शेख वकिलको परचम लहराउने निश्चित

   २५ बैशाख २०७९, आईतवार १९:४८  

परोहा, २५ वैशाख । यही ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा परोहा नगरपालिकाको मेयर पदमा पुन ः एकपटक नेपाली काँग्रेसका उम्मेदवार शेख वकिलको परचम लहराउने पक्का भएको छ ।
विकासको पर्यायवाची बनेका शेख वकिलको काम कारवाही र पूर्ण इमान्दारीताको साथ नगरबासीको हितमा काम गरेको हुँदा यसपाली पनि उनलाई परोहा नगरपालिकाको जनताले विजयी गराउने अवस्थामा पुर्याइदिएको हो । निवर्तमान मेयर शेख वकिलको शालिन विचार, राजनीतिक ज्ञान, जनता प्रतिको उत्तरदायीत्व निर्वाह गरेकै कारण उनलाई जनताले पत्याउन छाडेका छैनन । उनलाई नै आउदो निर्वाचनमा विजयी गराएर परोहाको मेयर पदमा विराजमान गराउने देखिन्छ ।


विगत साढे ४ बर्षमा शेख वकिल मेयरको हैसियतले सडक, नाला, खानेपानी, बालिकाहरुको लागि साइकल, विजुली, विद्यालय भवन, मन्दिर, मस्जिद, मदर्शा, किसानहरुको लागि पर्याप्त मल विउविजन लगायतको सेवा सुविधा दिएकै कारण उनको लोकप्रियताबाट परोहाबासी कायल भई उनलाई नै मेयरमा जिताउन कम्मर कसेर लागेको बताइएको छ ।
हुनत त्यहाँ अन्य पार्टीको पनि उम्मेदवारहरु चुनावी मैदानमा छ तर प्रतिष्पर्धामा नरहेको बुझिएको छ । नेकपा माओवादीको अरुण जयसवाल अलि उहाँ पछि छन् तर उनले शेख वकिललाई उछिन्न सक्ने अवस्था छैनन् । जुनसुकै समुदायको मतदाताहरु शेख वकिलको पक्षमा रहेको हुँदा यसपाली शेख वकिलको परोहा नगरपालिकामा परचम लहराउने सुनिश्चित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै