स्थानीय तहको निर्वाचन पछि आउने परिणामबाट धेरैको होस हराउने ः अध्यक्ष नेपाल

   २६ बैशाख २०७९, सोमबार १९:०१  

इनरवारी (रौतहट), २६ वैशाख । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुन गईरहेको मतदान पछि आउने परिणामबाट धेरैको होस हराउने बताउनु भएको छ ।
रौतहटको बौधीमाई नगरपालिकाको इनरवारीमा नेकपा एसद्धारा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सोमवार सम्बोधन गर्दै उनले उक्त कुरा बताउनु भएको हो । नयाँ पार्टीको सानो समयमा स्थानीय तहको निर्वाचनमा जनताको अभिमतबाट नेकपा एसले धेरै सफलता पाउने विश्वास गरे ।
निर्वाचनमा अधिकाँश स्थानमा एमालेको अवस्था अत्यन्तै कमजोर रहेको हुँदा बौलाहा एवं निरंकुश प्रवृतिको व्यक्ति ओलीको मान्सीक सन्तुलनमा विचलन आएको हुँदा हरेक स्थानमा मलाई नै गाली गर्दै हिडिरहेकोबाट प्रष्ट भईसकेको छ ओलीको मानसिक सन्तुलन डगमाईसकेका छन् उनले भने ।
आफू एमालेको १५ बर्ष सम्म नेतृत्व गर्दा कुनै गुटउपगुटहरु थिएन तर ओलीलाई केही जिम्मेवारी दिदा एमालेलाई कमजोर बनाउन त्यही समय देखि विभिन्न षड्यन्त्र गर्दैै पार्टी कब्जा गरेकै कारण जनताहरुको एमाले प्रतिको विश्वास उठिसकेको तथा सुर्य अस्ताउन थालिसकेको अवस्थामा पुगिसकेको कारण सो पार्टीबाट अलग भई नयाँ पार्टीका साथ जनता विच आउनु परेको बताए । नेपालमा नयाँ क्रान्ति ल्याउन न्याय प्रेमी जनताहरुको आवश्यक्तालाई पहिचान गरेर समृद्ध नेपाल बनाउने उद्देश्यबाट नेकपा एकिकृत समाजवादीको स्थापना गरी निर्वाचनमा होमिएको स्पष्ट पारे ।
देशभरीमा नै नेकपा एस प्रतिको आकर्षणले गर्दा केपी शर्मा ओलीको होस हवास गुम्दै गएको र जनता एसको पक्षमा अपार बहुमत दिई स्थानीय सरकारलाई विधिको शासन संचालन गर्ने जिम्मेवारी दिने आशा समेत व्यक्त गरे ।
४९ बर्ष अघि केपी ओली इनरवारीका कपिलदेव पटेलको घरमा बसेका थिए । सोही घरमूली पटेल आज माधवकुमार नेपालको हाथबाट टिका लगाएर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् । हालै ओली गौरमा माधवकुमार नेपाललाई सर्पको बच्चा भनेर सम्बोधन गर्दा पटेललाई मानसम्मानमा ठेस पुगेको र आफनै जिल्लाबासी माथि ओलीको टिप्पणीबाट विछिप्त भई आज नेकपा एसको दामन थामेका हुन् ।
पटेल सहित आज थुप्रै व्यक्तिहरु एमाले परित्याग गरी एसमा प्रवेश गरेको छ । अध्यक्ष नेपालले बौधीमाईमा मेयर पदको उम्मेदवार प्रदिप यादव सहित विभिन्न पदमा उम्मेदवारी दिएकालाई कलम चिन्हमा छाप लगाई अपार मतले जिताउन उनले मतदाताहरु संग आग्रह गरे ।
सो कार्यक्रममा पूर्व राजदूत डा. बंशीधर मिश्र, पार्टी नेता रामकुमार भटराई, लगायत जिल्ला स्तरिय, प्रदेश स्तरिय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै