चुनावी अभियान गरुडामा तिव्र, मेयर पदमा अमूल्य मत दिई विजयी गराउन कन्थमणीको नगरवासी संग आह्वान

   २६ बैशाख २०७९, सोमबार १९:३०  

गरुडा (रौतहट), २६ वैशाख । रौतहटको मध्यमा अवस्थित व्यापारिक नगरी गरुडा नगरपालिकामा चुनावी माहौल तातिदै गएका छन् ।
सवै उम्मेदवार आ आफनो पक्षमा मतदाताहरुलाई आकर्षित गराउन विभिन्न नाराहरु अघि सार्नमा यतिखेर व्यस्त रहने गरेका हुन् । मतदाताहरुलाई आफनो पक्षमा पार्न निरन्तर रुपमा घरदैलोमै दिनभरीको समय उम्मेदवारहरुलाई वित्ने गरेको छ । न खाना खाने ठेगान, न सुत्ने ठेगान नै छन् एकमात्र काम मतदाताहरुको हृदय कसरी जित्ने कार्यमा उम्मेदवारहरुलाई हम्मे हम्मे परेको छ ।


यसैक्रममा गरुडा नगरपालिकाको प्रसिद्ध व्यवसायी कन्थमणी प्रसाद कलवार नेकपा एमालेको तर्फबाट गरुडा नपाको मेयर पदको लागि उम्मेदवारी दिएर मतदाताहरुको घरदैलो, आँगन, खलिहान, खेतमा पुगेर मत माग्नमै समय व्यतित गर्ने गरेका छन् । उनले कोभिडको समयमा गरिव, असहाय, निमुखा जनता लगायत विभिन्न वर्गलाई मास्क, साबुन, हैण्डवास सहित खाद्यान्न सामग्री वितरण गरे ।
आगलागी पिडितको घरमा पुगेर राहत सामग्री दिए । बाढीको समयमा पिडित जनताहरुलाई राहत दिएर समाज सेवा गरे तर अहिले आफू मेयरमा उम्मेदवारी दिएको हुँदा गरुडा नगरवासीले मलाई अमूल्य मत भिक्षाको रुपमा दिएर मेयर पदमा विजयी बनाउन अपिल गरे । आफू निर्वाचित भएर आएपछि घोषणा गरे अनुसारको प्रतिबद्धता लागु गर्ने बताए । नगरमा भएको निरंकुशतन्त्रलाई समाप्त पारेर आधुनिक एवं नगरको रुपमा विकसित गरी मुलुकमै उदाहरिणय नगरपालिकाको रुपमा बनाउने संकल्प उनले दोहराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै