युक्रेन युद्धको आडमा ताइवान माथि चीनको बक्र दृष्टि ः अमेरिकी जासूस एजेन्सीको खुलासा

310 Shares

वासिंगटन । अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सले युक्रेन युद्धले ताइवान माथि नियन्त्रण प्राप्त गर्ने चीनको वक्रदृष्टि रहेको दाबी गरेको छ ।
अमेरिकी जासूस एजेन्सीका प्रमुख विलियमले भने कि चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानका लागि “के पाठ सिक्ने” होसियारी पूर्वक हेरिरहेका छन् । उनले युक्रेनमा रुसको “क्रुरता” सँगको सम्बन्धबाट हुन सक्ने प्रतिष्ठाको क्षतिबाट जिनपिङ “अनसेट” भएको दाबी गरे ।
युक्रेन युद्ध सानो समयमा सफल भएको भए चिनले ताईवान माथि केही गर्न सक्थ्यो तर रुसले लामो समय देखि गरिरहेको युद्धको परिणाम नआउदा चिन आफनो कदम पछि हटाएर ताईवान माथि वक्र दृष्टि राखेको विलियमले खुलासा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार