379
Shares
कोलम्बो । श्रीलंकाली पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेको पुख्र्यौली घरमा सोमबार स्थानीय आक्रोशित जनताहरुद्धारा आगजनी गरिएको तस्वीर र भिडियो सार्वजनिक भएको छ ।
श्रीलंकामा चरम आर्थिक संकट, खाद्यान्न संकट, पेट्रोलिय पदार्थको संकट लगायत विभिन्न किसिमका तनावका स्थानीय जनताहरुले सरकार विरोधी आन्दोलनलाई तिव्र बनाएका छन् । सोही तनावको बीच सरकार विरोधी प्रदर्शनकारीहरूले उनका पुख्र्यौली घरमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले हम्बनटोटामा तोडफोड गरिएको सम्पत्तिको भिडियो र तस्बिरहरू पनि अनलाइन र सामाजिक संजालहरुमा साझा गरिएको थियो । देशभर हिंसात्मक झडप र विरोध प्रदर्शनका बीच महिन्दा राजापाक्षेले आज प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।