गंगापिपरा (रौतहट), २७ वैशाख । नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले मत्सरीबासी लाई लालपुर्जाको खाँचो छ, माओवादीको उम्मेदवारलाई जिताउनुस प्रचण्ड आफै आएर तपाईहरुको लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाए ।
दुर्गा भगवतीको वडा नम्वर ३ मत्सरीका जनताहरु बर्षौ बर्ष देखि बसिरहदा पनि अझै लालपुर्जा पाउनबाट बंचित रहनु परेको छ । मत्सरीबासीलाई लालपुर्जाको आवश्यकता छ । निर्वाचन सकेपछि पछि मत्सरीबासीलाई लाल पुर्जा वितरण गराउन प्रचण्ड तपाईको सधै साथ रहने बचन दिए ।
दुर्गा भगवतीको वडा नम्वर ३ मत्सरीका जनताहरु बर्षौ बर्ष देखि बसिरहदा पनि अझै लालपुर्जा पाउनबाट बंचित रहनु परेको छ । मत्सरीबासीलाई लालपुर्जाको आवश्यकता छ । निर्वाचन सकेपछि पछि मत्सरीबासीलाई लाल पुर्जा वितरण गराउन प्रचण्ड तपाईको सधै साथ रहने बचन दिए । दुर्गा भगवती सहित रौतहटको विकासमा नेकपा माओवादीको सधै साथ रहने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले संघियता विरोधी तत्वलाई पाखा लगाएर संघिय लोकतान्त्रिक गणतन्त्रलाई मजबुती प्रदान गर्ने बताउनु भएको छ ।
अहिले केही पार्टी, व्यक्तिलाई संघिय लोकतान्त्रिक गणतन्त्र मनपरेको छैन, यसको विरुद्ध विभिन्न षड्यन्त्रहरु रच्दै अहिलेको संविधान र व्यवस्थालाई लाई पल्टाउन खोजिरहेको आरोप लगाउदै त्यस्ता विरोधीहरुलाई वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले झापड हान्दै संघियतालाई दरो बनाउने अवसर आएको बताए ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा आयोजित चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष संघियता विरोधी तत्वहरुका लागि वैशाख ३० गतेको हुन गईरहेको स्थानीय तहको निर्वाचन ठूलो जनमत संग्रह जस्तो भएको हुँदा प्रतिगमनलाई परास्त गरी संघियताको पक्षमा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंह सहितको उनको प्यानललाई विजयी आह्वान गरे ।
एमालेको फुटले प्रतिगमनको प्रतिक्रान्तिको पछाडी राजतन्त्र तिर फर्किने कुराको प्रतिनिधित्व गरेको छ । हाम्रो गठबन्धले अगाडी गएर संविधानलाई अझ परिमार्जन गरेर संसोधन गरेर अघि बढ्ने पक्षमा छौं । तराई मधेशमा नागरिकता समस्या अहिलेको गठबन्धकै सरकारले हल गरेर अघि बढ्ने कुरामा विश्वास व्यक्त गरे । संसदमा उत्पन्न गरेको एमालेको अवरोधका विच पनि जेठ ३ गते संसद सुचारु भएपछि नागरिकता सम्बन्धि समस्या समाधान गरेर मधेशलाई आत्म निर्भर बनाउने पक्षमा माओवादी केन्द्र सक्रियताको साथ मधेशको जनताको साथमा रहेको प्रतिबद्धता जनाए ।
सिंहदरबारको अवधारण मेरै नेतृत्वमा गाउँमा आएको छ । गाउँ गाउँमा स्थापित भएको सिंहदरवारलाई सुदृढ व्यवस्थित पार्नका निमित्त माओवादी केन्द्रका उम्मेदवारको पक्षमा लागेर प्रतिगमनलाई परास्त गरी अग्रगमनको पक्षमा लाग्नुपर्ने स्पष्ट पारे ।
दुर्गा भगवतीलाई झोपडी मुक्त बनाउने दलित आवास, समुचित स्वास्थ्य, गुणस्तरिय शिक्षा, खानेपानीको व्यवस्थापन गराउने छु । नदि कटान र डुवानको समस्यालाई समाधान गर्न माओवादी तपाईहरुको साथमा रहने छ । मठमन्दीरको संरक्षण गर्दै त्यसलाई धार्मिक पर्यटनको क्षेत्रमा विकास गरी दुर्गा भगवतीलाई आत्मनिर्भर बनाउने स्पष्ट पार्दै माओवादी केन्द्रको उम्मेदवारको पक्षमा मतदान गरेर अत्याधिक मतले विजयी गराएर सबै समस्याको समाधन माओवादीले गर्ने प्रचण्डले जनसमुदाय समक्ष प्रतिबद्धता जनाए ।
पार्टीको होनहार कार्यकर्ता रितबहादुर खड्काको हत्या भएको दुर्गा भगवतीमा माओवादी केन्द्रले उनको प्रतिमा बनाई यहाँको सौन्दयीकरण गराउनमा प्रचण्ड सधै दुर्गा भगवती गाउँपालिकाबासीको साथमा रहेने बताए ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष उम्मेदवार शम्भु सिंह, संविधान सभा सदस्य अशोक जयसवाल, सत्यनारायण भगत, युवा नेता एवं वडाध्यक्षको उम्मेदवार डिके झा सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।