मंगलवार मध्य राति देखि ७२ घण्टा सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

   २७ बैशाख २०७९, मंगलवार १४:५०  

रौतहट, २७ वैशाख । स्थानीय तह निर्वाचन सुरक्षाको मध्यनजर राख्दै नेपाल सरकारले मंगलवार मध्य राति देखि लिएर ७२ घण्टा सम्म अन्तर्राष्ट्रिय सीमा नाकाबाट बन्द गर्ने निर्णय गरेको छ ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार प्रशारणमा पनि बन्देज लगाउने निर्णय गरेको हो ।
नेपालको ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारत तर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थल सम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी सँग समन्यवय गरेर गन्तव्य सम्म पुर्याउनमा सहजीकरण गर्न सम्बन्धित सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरी सकेको गृह मन्त्रालय स्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै