नमूना मतदानको अभ्यास

हुम्ला, २७ वैशाख । स्थानीय तहको निर्वाचन पूर्व नमूना मतदानको अभ्यास गरिएको छ ।
हुम्ला सदरमुकाममा भएको अभ्यासमा हुम्लामा प्रमुख जिल्ला अधिकारीे, न्यायाधीश देखि लिएर सञ्चारकर्मी सम्मले नमूना मतदानमा भाग लिएका थिए ।
स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगत बहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत लगायतले नमूना मतदान गरेका हुन् । सिमकोट गाँउपालिका ६ स्थित कालाशिल्ता आधारभुत विद्यालयमा भएको नमूना मतदान केन्द्रमा नमुना मतदान भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाकारी दिए ।