गौर (रौतहट), २७ वैशाख । मुलुककै पुरानो नगरपालिका मध्ये एक गौर नगरपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएकी किरण ठाकुरले गौर नगरवासी समक्ष आफनो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् ।
निवर्तमान उपमेयर समेत रहेकी ठाकुर एक जुझारु, निष्ठावान, कर्मठ, निर्भिक्क र निडर महिलाको रुपमा आफनो पहिचान कायम गराउन सफल भइसकेको छ । उनी यसपाली गौर नगरमा महिला अधिकार सहितको पहिचान कायम गराउनका निमित्त मेयर पदमा उम्मेदवारी दिदै गौरमा व्याप्त रहेका समस्याहरुलाई समाधान गर्ने तर्फ अग्रसर भएर चुनावी मैदानमा होमिएकी हुन् ।
चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलवारको पूर्व सन्ध्यामा जारी गरेको प्रतिबद्धता प्रत्रमा बालबालिका, युवा, महिला, जेष्ठ नागरिक, उद्योगी व्यापारी, किसान, पिछडावर्ग, सूचना संचार, वातावरण सौन्दर्यता, भौतिक पूर्वाधार, प्राकृतिक प्रकोप तथा उद्धार सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन, संस्कृतिको विस्तार, सुशासनको व्यवस्थापन, योजना तर्जुमा तथा अनुगमन लगायतको कामलाई प्रमुख प्राथमिकताको साथ पुरा गर्ने भएको हँुदा आफनो पक्षमा मतदान गरेर गौर नगरलाई सुधारोन्मुख बनाउनमा नगरवासीको आशिर्वाद र मत दिनुपर्ने बताइन ।