राजनीतिमा देखिएको विचलनलाई समाप्त पर्नका निमित्त उम्मेदवारी दिएको दिपक यादव

   बैशाख २७, २०७९  
754 Shares

गरुडा (रौतहट), २७ वैशाख । गरुडा नगरपालिकामा उम्मेदवारी दिएकाहरु मध्ये एक जुन युवा हो, शिक्षित हो, नगरपालिकालाई कसरी चलाउने हो भने उनमा भिजन भएको व्यक्ति हो दिपक यादव ।
एमविएको अध्ययन गरिसकेका दिपक यादव पछिल्लो समयमा राजनीतिक क्षेत्रमा देखिएका विकृति, विसंगती, नातावादी, कृपावाद, परिवारबाद, पैसावादको राजनीतिलाई समाप्त पारी स्वच्छ, निष्पक्ष, जनताको हितमा काम गर्ने उद्देश्यबाट चुनावी मैदानमा ओर्लिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेको यादव निकै भाभुक हुदै तराई टप संग भने, के एउटा गरिव मान्छेको छोरालाई राजनीति गर्ने अधिकार छैन ? पैसावालाले मात्रै राजनीति गर्ने हो ? समाजसुधार एवं विकास पथमा अघि बढाउने राजनीति गर्ने व्यक्तिहरु यस क्षेत्रलाई कि व्यापार बनाएको होला ? जनताको सेवक भएर मत माग्ने व्यक्ति जितिसकेपछि राजा बन्दै हुकुमत गर्ने हिम्मत कसले दिएको होला ? थुप्रै प्रश्न उनले गर्दै गरुडा नगरवासी संग गर्दै के भविष्यमा त्यस्तै व्यक्तिहरुलाई जिताउदा तपाईहरुको अधिकार एवं कामकाजलाई सरल बनाउछ र ? उनले गम्भीर प्रश्नहरु नगरवासी संग गरेका हुन् ।
मैले एमबिएर गरेपछि घरपरिवारका सदस्यहरुले व्यापारमा लाग्न दवाव दिए तर मैले अहिलेको राजनीतिमा आएको विचलन, पैसावादको अवस्थालाई चिर्न कोही त अघि बढ्ला सोच्दा सोच्दै आफू किन नबढ्ने भन्दै चुनावी मैदानमा होमिएको हुँदा गरुडालाई आधुनिकीकरण, विकासोन्मुख, व्यापारिक क्षेत्रको रुपमा विस्तार, गुणस्तरिय शिक्षा, समुचित स्वास्थ्य सेवा, खानेपानी, वेरोजगार युवालाई रोजगार जस्ता आधारभुत आवश्यक्तालाई पुरा गराउन नगरवासी समक्ष प्रस्तुत भएको छु ।
जनता जनार्दनले कस्तो उम्मेदवारलाई रोज्ला त्यो ३० गतेको निर्वाचनमा प्रष्ट भई नै हाल्छ तर यस्ता विकृति विसंगतीहरुलाई चिर्दै अघि बढ्ने संकल्पका साथ आएका छौं जनता पत्याओस वा नपत्याओस नगरवासीको हितमा हुन काममा सधै अग्रपंक्तिमा रहने भएको हुँदा मेरो चुनाव चिन्ह साइकलमा मतदान गरेर गरुडा नगरपालिकालाई सुधारको एक पटक मौका दिएर हेर्नुपर्ने नगरवासी संग उम्मेदवार दिपक यादवले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै