उम्मेदवारहरु मतदातालाई आफना पक्षमा पार्न फकाउदै

   २७ बैशाख २०७९, मंगलवार १७:१५  

रौतहट, २७ वैशाख । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको प्रचार प्रसारको मंगलवार मध्य राति सम्म मात्रै रहेको हुँदा उम्मेदवारहरु जनताहरुको घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिएका छन् ।
३० गते हुने निर्वाचनको लागि प्रचार प्रसाद गर्न आज मध्यरातिबाट मौन अवधी सुरु हुने भएको हुँदा उम्मेदवारहरुलाई अहिले मतदाताहरुको घरदैलोमा पुग्न भ्याई नभ्याई रहेको अवस्था रहेको हो । कतिपय उम्मेदवारलाई मतदाताहरुको घर सम्म पुग्न हम्मे हम्मे समेत परिरहेको देखिन्छ ।
जिल्लाको १८ स्थानीय तहमा उम्मेदवारी दिएका विभिन्न पार्टीका उम्मेदवारहरु अहिले आफना आफनो पक्षमा मतदातालाई आकर्षित गर्न चिल्ला एवं सस्तो नारा दिएर फकाउनमा व्यस्त रहेका छन् । तर जे भएपनि एक पदमा एक जना मात्रै विजयी हुने भएको हुँदा उम्मेदवार विच मतदाताहरुलाई आफनो पक्षमा तान्न तछाडमछाड भईरहेका छन् ।
जनताहरु पहिलाको भन्दा निकै बाठो भईसकेको छ, अधिकाँश जनताहरु कसैको पक्षमा खुलेर मतदान गर्छु भनिरहेको छैनन् । सबै उम्मेदवारको आशाको केन्द्र विन्दु मतदाता नै रहेको हुँदा मतदाताहरु पनि अहिले निकै वेचैन भएको अवस्था छ, एउटा पार्टीको उम्मेदवार जाने वित्तिकै अर्को पार्टीको उम्मेदवार पुग्ने गर्दा मतदाता पनि हैरान भएको अवस्था यतिखेर छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै