विद्यालय आगामी ६ दिन सम्म बन्द हुने

काठमाडौं, २८ वैशाख । स्थानीय तह निर्वाचनका लागि बुधवार देखि विद्यालय आगामी ६ दिनसम्म बन्द हुने भएका छन् ।
सरकारले मतदानको ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गते देखि ३० गतेसम्म तीन दिन बिदा रहने निर्देशन दिएको थियो । वैशाख ३१ गते शनिवार परेको र सरकारले जेठ १ गते आइतवारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । र जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ