रौतहट, ८ माघ । भारत महराष्ट्रको पुणे स्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार भिषण आगलागी भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले परिक्षण गरी निर्माण लागेको भ्याक्सिन उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार विहान आगलागी भएको भारतीय संचारमाध्यमहरुले जनाएको हो ।
कम्पनीको भवन भित्र कोही पनि व्यक्ति नरहेको भएपनि अहिले घटनास्थलमा १० ओटा आगो निभाउने दमकल पुगेका छन् र आगो निभाउने प्रयास भइरहेको छ ।समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर नपर्ने दाबी गरिएको छ ।
निर्माणधीन भवनमा महत्वपूर्ण सामानहरु नरहेको तथा कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।
पुणेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ । सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज उत्पादन गरिसकेको छ । कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ । १० लाख खोप आज नेपाल आईसकेको बताइएको छ ।