सीसीटिभी क्यामेराको अभाव, भीडियो रेकर्डिङ गरिने

   २८ बैशाख २०७९, बुधबार १७:०७  

काठमाडौं, २८ वैशाख । देशभरका सबै मतगणना स्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ ।
सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड गरिने आयोगले जनाएको हो । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राखे्र व्यवस्थाका लागि परिपत्र गरेको थियो । त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै