रौतहट, २८ वैशाख । दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ मा रहेको जनता प्राथमिक विद्यालय मतदान केन्द्रमा कर्मचारीहरुले बुधवार मतदाता परिचय पत्र वितरण गर्न लाग्दा केही व्यक्तिहरुले कर्मचारीबाट ५० वटा भन्दा मतदाता परिचय पत्र खोसेर भागेका छन् ।
रौतहटको दुर्गा भगवती गापा १ गंगापिपराको जनता प्रावी मतदान केन्द्रमा आज विहान १० बजे देखि मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम अनुसार वितरण कार्य सुचारु गरिए तर दिउसो १२ बजेपछि केही व्यक्तिहरुले कर्मचारीलाई अन्य मतदाताहरुको मतदाता परिचय पत्र दिन दवाव दिए तर कर्मचारीले दिएनन । कर्मचारीले मतदाता परिचय पत्र नदिदा उनीबाट ५० भन्दा बढि परिचय पत्र खोसेर भागे ।
मतदाता परिचय पत्र खोसेर भागेको हल्ला फैलिएपछि उम्मेदवारको समर्थकहरु उक्त मतदान केन्द्रमा पुगेपछि विवाद सुरु हुँदा थप सुरक्षाकर्मी खटाएर विवाद हुन नदिएको दुर्गा भगवती गाउँपालिकाको निर्वाचन अधिकृत दिनेश रेग्मीले जानकारी दिए ।
निर्वाचन अधिकृत रेग्मीका अनुसार विवाद पछि जनता प्रावी मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण कार्यलाई आज बन्द गरिएको छ । आज राति सम्म सर्वदलिय बैठकबाट समन्वय कायम गरेपछि भोली मतदाता परिचय पत्र वितरण गरिने स्पष्ट पारे । परिचय पत्र वितरण गर्दा कतिपयको भर्पाई गराउनबाट कर्मचारीहरुले छाडेको स्वीकार गर्दै परिचय पत्र खोस्नेको पहिचान भईरहेको समेत जानकारी दिए ।
आज देखि मतदाता परिचय पत्र वितरण सुरु
स्थानीय तह निर्वाचनमा मतदाताको प्रयोजनको लागि बुधवार देखि मतदाता परिचय पत्र वितरण कार्य सुरु गरिएको छ ।
शुक्रबार हुने स्थानीय चुनावमा मतदानका लागि पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले आज र भोलि गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको जनाइएको हो ।