“रामा यादव पत्रकारिता पुरस्कार” पोखराकी अनिषा श्रेष्ठलाई दिने घोषणा

   २८ बैशाख २०७९, बुधबार १९:२१  

रौतहट, २८ वैशाख । जयरामा मिडिया प्रालीद्धारा रौतहट सदरमुकाम गौर स्थित शितलनगरमा रामा यादवको पहिलो पुण्यतिथिको अवसरमा एक कार्यक्रमको आयोजना गरियो ।
स्व. श्रीमती रामा यादवको स्मृति प्रतिष्ठाद्धारा पहिलो पुण्यतिथिको अवसरमा “रामा यादव पत्रकारिता पुरस्कार” घोषणा गरिएको हो । पहिलो पुरस्कार पोखरामा सिटि वन टिभीमा कार्यरत महिला पत्रकार अनिषा श्रेष्ठलाई दिने घोषणा गरियो ।
निर्वाचनको मुखमा भएको हुँदा संघिय राजधानीमै कार्यक्रमको आयोजना गरेर महिला पत्रकार श्रेष्ठलाई उक्त पुरसकार हस्तान्तर गरिने छ । उक्त पुरस्कारको राशी २६००१ राखिएको जयरामा मिडिया प्राली गौरका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले मधेश प्रदेश सरकारले संचार ऐन चोरबाटो पारित गरेको आरोप लगाए । लोकतन्त्र वाक स्वतन्त्रता प्रेसपुर्ण स्वतन्त्रताको पक्षधर रहेको नेपाल पत्रकार महासंघ कुनै दल विशेषको झोला बोक्ने होइन उनले बताए । संचार ऐन संशोधन नभए आन्दोलन गर्दै आएका महासंघ पुनः आन्दोलन गर्नै चेतावनी समेत मधेश प्रदेश सदस्य झाले दिए ।


पहिलो कोरोना कहरको वेला मधेश प्रदेश सरकारले कोरोनाबाट पत्रकारको मृत्यु भएमा ५० लाख राहत दिने घोषणा गरेको थियो तर दोस्रो कोरोना कहरमा रौतहटबाट दुई जना गरी ३ जना पत्रकारको कोरोनाबाट मृत्यु भए पनि मधेश प्रदेश सरकारले राहत हाल सम्ममा नदिएकोले मधेश प्रदेश सदस्य झाले दुःख व्यक्त गरे ।
जयरामा मिडिया प्रालिद्धारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार द्धय विनय लाल दास, प्रभात कुमार झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष रविन्द्र प्रसाद शाह, जनकपुर टुडेका रौतहट प्रतिनिधि राकेश यादव लगायतका वक्ताहरुले श्रीमति रामा यादवको अल्पायु मै निधन भएको प्रति आभार तथा हार्दिक श्रद्धान्जली अर्पण गरे । कार्यक्रमको संचालन एवं स्वागत मन्तव्य संचारकर्मी आलोक पाण्डेले गरे ।
जयरामा मिडिया प्रालिका अध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । जयरामा मिडिया प्रालिका अध्यक्ष जय प्रकाश यादवले कार्यक्रम समापन गर्ने वेलामा भावुक भई आखाँबाट आशु झार्दै आफनो पिडा दुःख व्यक्त गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै