सगरमाथा इन्सोरेन्स कम्पनीको २५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २८ वैशाख । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औंंंं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बुधवार लैनचौर ब्यांकेट लैनचौरमा सम्पन्न भएको हो ।
२५ औं साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै सभाका अध्यक्ष रामकृष्ण मानन्धरले विगतका बर्षहरुमा कोभिड १९ का कारण मुलुक असहज परिस्थितिमा रहदा आम मानिसको जीवन मूल्यवान रहेको तथा उनीहरुको सुरक्षा पहिलो प्राथमिकता भएको हुँदा भौतिक रुपमा उपस्थित भई सधारण सभा गर्न नसकिएको स्पष्ट पारे ।
कोभिड जस्तो संक्रमणबाट जागिने पहिलो प्राथमिकता रहेकोमा यस बर्ष भौतिक रुपमा उपस्थित भई शेयरधनीहरुसंग प्रत्यक्ष रोहवरमा २०७७÷०७८ साधारण सभा गर्न पाएको खुशी लागेको भन्दै अध्यक्ष मानन्धरले कोभिडको असर विस्तारै कम हुँदै गएको र त्यसबाट जोखिम घटेदै गएपछि आजको सभा गरिएको बताए ।
कम्पनीले आर्थिक बर्ष २०७६÷०७७ को तूलनामा आर्थिक बर्ष २०७७÷०७८ मा १६=०५ प्रतिशतले व्यवसाय वृद्धि भएका थिए । रु.द्द अरब टज्ञ करोड बराबर वीमा शूल्क आर्जन गरी एनएफआरएस अनूसार ४४ करोड ७४ एनएफ २५ हजार खूद मूनाफा आर्जन गरेको उनले जानकारी गराए ।
कम्पनीले आर्थिक बर्ष २०७७÷०७८ को तूलनामा चालू आर्थिक बर्ष २०७८÷०७९ को चैत्र मसान्त सम्ममा १०=८६ प्रतिशतले बृद्धि ज्ञ अरब ज्ञट करो८ ठढ लाख बराबर कूल दावी भूक्तानी गरेको व्यहोरा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । त्यसै गरि आर्थिक बर्ष २०७७÷०७८ को तूलनामा चालू आ. ब. को चैत्र मसान्त सम्ममा २१=९७ प्रतिशतले व्यवसाय बृद्धि गर्दै द्द अरव द्धघ करोड आर्जन गरिसकेको बताए ।
उक्त साधारण सभामा कम्पनीको हाल कायम रहेको चूक्ता पूंजीको २० प्रतिशत बोनश शेयर र सो मा लाग्ने कर समायोजनार्थ १=०५२६३ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको प्रस्ताव, कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सो संग सम्बन्धित सम्पुर्ण अनुसूचीहरु पारित गरियो ।