११ औं साधारण सभा भव्यताको साथ सम्पन्न, शाखा स्थापनाकालको १६ जना अग्रज संचारकर्मी सम्मानित

   ९ माघ २०७७, शुक्रबार १६:४२  

रौतहट, ९ माघ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औं साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ ।
रौतहट सदरमुकाम गौर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित ११ साधारण सभालाई सम्बोधन गर्दै महासंघको महासचिव रमेश विष्टले कोभिडको त्रासबाट मुलुक मुक्त हुन नपाउदै राजनितिक संकट गहिरिदै जाँदा पत्रकारको काँधमा ठूलो जिम्मेवारी आएको हुँदा संयमित भएर काम गर्नुपर्ने कत्र्तव्यबोध गराउनु भएको हो ।
राजनितिक संकटबाट गुज्रिरहेको मुलुकमा संचार क्षेत्रमा पनि प्रभाव परेको हुँदा संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ कमल निर्भिक्ताको साथ चलाई आफनो पेशा र महासंघलाई दिगोपना बनाउनमा जुट्नुपर्ने तथा ११ औं साधारण सभा सुखद एवं सौहादपूर्ण वातावरणमा सम्पन्न होस भने शुभकामना दिए ।


केन्द्रीय सचिव शितल महतोले रौतहट शाखा आफनो स्थापनाकालको २० बर्ष पुरा गरेर २१ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिए । रौतहटको संचारक्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउन यहाँका अग्रज पत्रकारहरुको भुमिका अहम हुने भएको हुँदा सकारात्क सोच एवं साकारात्मक सन्देशवाहकको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानले भारत संग जोडिएको सिमावर्ती जिल्लाहरुमा बसेर पत्रकारिता गर्न निकै चुनौतीपूर्ण रहेको त्यसमा पनि कोभिडको कारणबाट कतिपय संचारकर्मीहरु रोजगारबाट विमुख भएको चर्चा गर्दै कोभिडबाट वेरोजगार भएको पत्रकारहरुको हकमा स्थानीय स्तर र प्रदेश स्तरबाट समस्या समाधान हुन नसक्ने भएको हुँदा केन्द्रबाट नै समुचित पहल गरेर रोजगारीको उचित प्रबन्ध मिलाउन महासंघको केन्द्रीय समिति संग आग्रह गरे ।
नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष रबीन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न ११ साधारण सभाको उदघाटन सत्रमा केन्द्रीय सदस्य गोविन्द चौलागाई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नपाको मेयर अजयकुमार गुप्ता, चन्द्रपुरको मेयर रामचन्द्र चौधरी, वृन्दावनको मेयर रामस्नेही यादव, देवाहीगोनाहीको मेयर धर्मेन्द्र पटेल र दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य संजयकार्की, पूर्व अध्यक्ष प्रेमचन्द्र झा, प्रेस संगठनको फणी महत लगायतका विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले ११ औं साधारण सभाको सफलताको कामना गरेको थियो ।


लामो समय देखि पत्रकारीता गरिएका तथा दुर्घटनामा परेर शारीरिक रुपमा अस्वस्थ रहेका रबीन्द्र मण्डललाई महासंघको सहकार्यमा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहद्धारा ५१ हजार आर्थिक सहयोग गर्ने घोषणा गरे । नेपाल पत्रकार महासंघको २०५७ सालमा स्थापना भएको समयका १६ जना सदस्यलाई महासंघबाट दोसल्ला, सम्मान पत्र महासचिव रमेश विष्टको हातबाट प्रदान गराएर सम्मानित गरिएको शाखाको सचिव गौतम श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै