चोरीको मोटरसाइकल सहित पर्सा जिल्लाबाट प्रहरीले एक जनालाई पक्राउ गरे

   २९ बैशाख २०७९, बिहीबार ११:५२  

पर्सा, २८ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका ११ का २० वर्षीय आकाश गिरीलाई चोरीको मोटरसाइकल सहित पक्राउ गरिएको छ ।
बारा जिल्लाको विश्रामपुर गाँउपालिका ५ का लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको मोटरसाइकल वैशाख १७ गते राति वीरगञ्ज ८ माईस्थान अगाडिबाट चोरी भएको थियो । पार्किङ गरी राखिएको मोटरसाइकल को ताल्चा तोडेर चोरी गरेका गिरीलाई जिल्ला प्रहरीबाट खटेको चेकिङ टोलीले वीरगञ्ज ११ बाट नियन्त्रणमा लिएको छ । गिरी माथि चोरीको मुद्धामा कारवाही गर्न म्याद थप गरी अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै