मुस्लिम आयोगको अध्यक्ष अन्सारी माथि एमालेले मतदातालाई पैसा बाडेको आरोप लगाए

   २९ बैशाख २०७९, बिहीबार १३:४१  

जनकपुरधाम, २९ वैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।
जनकपुरधामस्थित सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट आज विहान प्रहरीले उनलाई नियन्त्रणमा लिई बाहिर निकालेको हो । अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएर अन्सारी बसेको होटल घेराउ गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको थियो ।
मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि एमालेका नेता तथा कार्यकर्ताहरु पुगेपछि अवस्था तनावपूर्ण रहेका थिए ।
नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि होटेलमा पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी मुख्यालय जनकपुरधामले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै