मतदान केन्द्र भित्र मोवाइल, क्यामरा लैजानमा निषेध, रक्सी सेवन गरेर मतदान केन्द्रभित्र पस्नमा रोक

   २९ बैशाख २०७९, बिहीबार १४:१०  

काठमाडौं, २९ वैशाख । स्थानीय तहको शुक्रवार (भोली) हुन गईरहेको स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान केन्द्र भित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री सहितको समानहरु लैजान माथि आयोगले रोक लगाएको छ ।
आयोगका अनुसार मोबाइल, क्यामरा जन्यसामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हात हतियार लगायतका वस्तु लैजान पाइने छ्रैनन । आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको हो ।
यसैगरी निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदान स्थलमा जान नपाइने जनाएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो ।
भोलि हुने चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै