सत्ता र पावरको दुरुपयोग, सुरक्षाकर्मीकै सेटिंगमा आक्रमण हुँदा उम्मेदवार असुरक्षित

रौतहट, २९ वैशाख । सत्ता र पावरको चरम दुरुपयोग, सुरक्षाकर्मीकै सेटिंगमा आक्रमणको घटनालाई अंजाम दिदा अहिले उम्मेदवारहरु असुरक्षित महसुस गरिरहेको उदाहरणहरु देखा पर्न थालेका छन् ।
इशनाथ नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका सन्तोष मेहता माथि बुधवार राति साँघातिक हमला भएको छ ।
आफन्तको विहेमा इशनाथकै घिउरा गाउँमा सहभागी भई फर्किने क्रममा लक्ष्मिनिया र पल्टुवा गाउँको विचमा प्रहरीले रोकेको केही वेरमै काँग्रेसको उम्मेदवार अंजु झा सहित उनका कार्यकर्ताहरु आएर एक्कासी बसेको जिप माथि ढुंगामुढा गर्दै साँघातिक आक्रमण गरिएको हो ।
आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गरेका मेहतालाई नेपाली काग्रेंसका समर्थकहरुले आक्रमण गरेका थिए । आक्रमणमा मेहताको हातमा चोट लागेको छ भने शशिभुषण मेहता र विक्रम मेहताको टाउको फुटेको छ ।
निवर्तमान मेयर रहेका मेहता यस पटक दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका छन । प्रहरी प्रशासनकै मिलेमतोमा आफु माथि आक्रमण भएको उम्मेदवार मेहताले गम्भीर आरोप लगाए । मेहता आफुलाई षडयन्त्रपूर्ण तरिकाले प्रहरीले बोलाएर आक्रमण गर्न लगाएको आरोप लगाए ।
तर त्यही रहेको प्रहरीले कुनै हस्तक्षेप गरेन । प्रहरीले नै सुनियोजित रुपमा सत्ता पावरको आडमा काँग्रेस उम्मेदवारको पक्ष संग साँठगाँठ गरी आक्रमण गराइयो उनले भने ।
गाडीको सिसा फुटाउनुको साथै ढुंगाबाट दुई जनाको टाउको फुटेको र मेरो हात मा चोटपटक लागेको बताउदै मेयर उम्मेदवार मेहताले राज्य सत्ताको चरम दुरुपयोग गर्दै स्थानीय प्रहरी प्रशासन काँग्रेसको लविंग गर्दै हिडिरहदा काँग्रेस बाहेकको अन्य उम्मेदवार यतिवेला इशनाथ नगरपालिकामा निकै असुरक्षित वातवरणको सृजना गराइएको छ ।
एमाले उम्मेदवार मेहताले विहिवार पत्रकार सम्मेलन मार्फत रातिको घटनाको सत्य तथ्य निष्पक्ष रुपमा स्थानीय प्रहरी प्रशासन संग अनुरोध गर्दै घटना घटाउने कार्यमा नेपाल प्रहरीहरु संलग्न रहेको हुँदा तिनीहरु माथि कारवाहीको लागि सम्बन्धित निकाय संग माग गरे ।
वर्तमान काँग्रेस कठबन्धनको सरकारमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने माथि रति भरी विश्वास नलागेको भन्दै उनले सुरक्षाकर्मीहरुको अगाडी नै म माथि आक्रमण गरिदै गर्दा सुरक्षाकर्मीहरु टुलुटुलु मुख हेर्नुभन्दा केही गरेन त्यसैले उक्त घटनाको यथार्थ छानविन गरेर दोषिलाई आवश्यक कारवाहीको माग गरे ।
काग्रेंका उम्मेदवारसँग मिलेर प्रहरीले आफ्नो हत्या गराउने षडयन्त्र गरेको उनले आरोप लगाए । घटनाका बारेमा अनुसन्धान गरेर कारवाही गर्न उनले प्रशासन समक्ष माँग गरेका छन । मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ, उम्मेदवार मेहताले भने ।
घटनाका बारेमा जानकारी आए पश्चात प्रहरीले सुरक्षितरुपमा मेहतालाई घर पु¥याएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले बताए । राति उनलाई स्थानियले घेरे पछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो । प्रहरीमाथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान भईरहेको एसपी घिमिरेले बताए ।
यसैगरी दुर्गा भगवतीको वडा नम्वर २ बुधवार राति आदर्श झा माथि पनि काँग्रेसी पक्षधरहरुले हातपात गरेको खवर प्राप्त भएको छ । मतको खरिदविक्री गरिरहदा झाले विरोध जनाउने वित्तिकै उनी माथि आक्रमण गरेर कुटपिट गरेको बताइएको छ ।