विदेशी फिल्मको समर्थनमा निर्मात वितरक सुनिल मानन्धर

895 Shares

काठमाडौं, २९ वैशाख । नेपाली फिल्म निर्मात तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् ।
यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म (जयश भाइ जोरदार) मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका हुन । नेपालको राइटर दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका छन् ।
यो फिल्म आगामी शनिवार नेपालमा रिलिज हुने तयारीमा छ । मानन्धरको वितरण कम्पनी सिंह देवी प्रोडक्सनले भारु २१ लाख र नेपाली ३३ लाख ६० हजार रुपैयाँ मा उक्त फिल्म खरिद गरेको हो । उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाएको हो । अभिनेता सिंहले मंगलवार भिडियो सन्देश जारी गर्दै नेपाली दर्शकहरुलाई हलमा गएर फिल्म हेर्न आग्रह गर ।

सम्बन्धित समाचार