गोडैता नगरपालिका स्थित हाँस फार्ममा वर्ड फ्लू संक्रमण

   २९ बैशाख २०७९, बिहीबार १६:५८  

सर्लाही, २९ वैशाख । सर्लाही जिल्लाको गोडैता नगरपालिकामा रहेका एक हाँस फार्ममा वर्ड फ्लू भएको पुष्टि गरिएको छ ।
गोडैता नगरपालिका वडा नम्वर ५ बकैनिया जाने बाटो छेउमा रहेका जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसहरुमा बर्ड फ्लू भएको पुष्टि गरिएको हो । विहिवार बिहानै देखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा छेउको गाउँमा स्थलगत अवलोकन गरिरहेका छन् ।
फार्म हाउसमा पालिका ५५० वटा हाँस मध्ये बर्ड फ्लूका कारण ३८२ वटा हाँस मरिसकेको र हाल फार्म हाउसमा १६८ वटा जिउँदो हाँस रहेको पशु सेवा विभागबाट घटनास्थलमा खटिएका डा. विजय चौधरीले जानकारी दिए । बर्ड फ्लू देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन् केन्द्र लाहानका पशु चिकित्सक चौधरी सहितको टिमलाई विहिबार गोडैता पठाएको हो ।
हाँस फार्मको वरिपरि अन्य पोल्ट्री फार्महरु छैनन, गाउँ पनि ५० देखि ७५ मिटर टाढा रहेछ, डा. चौधरीले भने, गाउँतिर पालिका परेवा, कुखुरा लगायत अन्य पंक्षीहरु पनि मरेका छैनन, अब सोही फार्म हाउसलाई डिसईन्फेक्सन गरेर हाँसहरु नष्ट गर्ने तयारीमा विशेषज्ञहरु अहिले जुटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै