यितेन्द्र शर्मा
प्रधानमन्त्री शेर बहादुर देउबाको मैत्रीपूर्ण निमन्त्रणमा दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको शुभ साईतमा नेपाल भ्रमणमा आउँदैछन् । उनको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै हाम्रो सांसकृतिक सम्बन्ध र साझा सांस्कृतिक विरासतलाइ समेत बलियो बनाउने निश्चित छ । भारतीय प्रधानमन्त्री मोदी आफनो पहिलो कार्यकालमा चार पटक नेपालको भ्रमण गर्नु भएको थियो । सनातन धर्म संस्कृति माथि गहिरो आस्था राख्ने मोदीले, आफनो पहिलो कार्यकालमा पशुपतिनाथ, जनकपुरधाम तथा मुक्तिनाथ जस्ता पवित्र धार्मिक मन्दिर एवं देवस्थलको भ्रमण गर्नुले नेपालमा भारतीय सहित अन्य विदेशीहरुलाई समेत नेपाल भ्रमणमा आउन प्रेरित गरेको छ । सनातन धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रसारका निम्ति नै उनले रामायण र बुद्धिष्ट सर्किटको प्रस्ताव पनि गरेका छन् । रामायण सर्किटको निर्माणको दिशामा पाईला पनि बढाउने काम भई सकेको छ । भगवान गौतम बुद्धको जनम, ज्ञान प्राप्ति तथा उनले देहावसान गरेको तिथि बैशाख पुर्णिमाकै दिन यस वर्ष मोदीले नेपाल भ्रमणमा आउनु संयोग मात्रै होइन यो नेपालप्रतिको तथा सनातन धर्म संस्कृति एवं भगवान गौतम बुद्ध प्रतिको उनको विशेष निष्ठा–भावलाई दर्शाउँछ ।
सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रुपमा दोश्रो पटक निर्वाचित भएपछि हुन लागेको उनको यो पहिलो नेपाल भ्रमण हो । बुद्ध पूर्णिमाको अवसरमा विश्व सम्पदा सुचीमा सुचीकृत बुद्धको जन्म स्थल लुम्बिनीको भ्रमण गर्ने मोदीको योजनाले आगामी दिनमा यसलाई झन बढी पर्यटकीय एवं आकर्षक स्थल बनाउनमा सहयोगी सावित हुनेछ । मोदकिो लुम्बिनी भ्रमणको अवसरमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउबा र भारतका प्रधानमन्त्री मोदी दुवै जना लुम्बिनीमा हुनेक कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले द्धीप प्रज्जवलन गर्ने कार्यक्रम छ । कोभीड–१९ महामारी मत्थर भए सँगै प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नु भएको छ युरोपको सफल भ्रमण सकिए लगत्तै उनी नेपाल भ्रमणमा आउन लागेका छन् । अहिले विश्व नेताको रुपमा चर्चित मोदीले सन् २०१४ मा र सन् २०१८ मा दुई–दुई पटक नेपाल भ्रमणमा आउनु भएको थियो । सन् २०१४ को नेपाल भ्रमणमा नै उनले लुम्बिनीको भ्रमण गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री आफैंले केही समय अघि उद्घाटन गरेको कुशीनगर अन्तर्राष्ट्रिय हवाई अड्डामा अवतरण भएर लुम्बिनी आउनेछन् । कुशीनगरवाट हेलिकोप्टरमा लुम्बिनी आउनेछन् ।
२५६६ औं बुद्ध जयन्ति पनि यस वर्ष तीन दिन सम्म मनाईने भएको छ । भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तुप उत्तर बिहार बनाउन लागेको छ । यसलाई १ अर्ब भारतीय रुपैयामा तीन वर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । बिहारको मोदी र देउबाले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम पनि छ । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनीमा एउटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको चर्चा छ । मायादेवी मन्दिर र अखण्ड ज्योति दर्शन पश्चात मोदी एउटा कार्यक्रमलाइ सम्बोधन गर्ने र कुशीनगर आउने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री देउबा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि हुने सम्भावना छ ।
भगवान गौतम बुद्धको जन्मस्थललाई लिएर यदाकदा विवाद पनि उत्पन्न भएको पाईन्छ । गौतम बुद्धको जन्म अहिलेको लुम्बिनी (नेपाल) मा भएको थियो भने उनी जुन देशका राजकुमार थिए त्यसको राजधानी अहिलेको भारतमा पर्छ । जगद् जननी जानकाी प्रकट भएको भुमी (पुनौराधाम, सीतामढी) अहिले भारत (बिहार) मा पर्छ भन्ने उनी मिथिलाकी राजकुमार थिए । राजा जनकको राजधानी जनकपुर (अहिलेको नेपालमा) थियो । तसर्थ ऋषिमुनिहरु, महापुरुषहरु र देवी देवता प्रकट भएको अथवा जन्म लिएको ठाउँ अहिलेको नेपाल अथवा भारत जे भए पनि हामी दुवै (नेपाल र भारत) एउटै सभ्यता, संस्कृति, मान्यता, उपासना, धार्मिक मान्यताका साझा उत्तराधिकारी हौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जगद् जननी जानकीको राजधानी जनकपुर (नेपाल) हुँदै भगवान राम समेतको जीवनगाथा सित जोडिएका पवित्र स्थलहरुलाई समेटने गरी रामायण सर्किटको प्रस्ताव गर्नु भएको छ भने भगवान बुद्धको जन्मस्थल लुम्बिनी र उनले ज्ञान प्राप्त गरेका बिहारको गया तथा निर्वाण प्राप्त गरेको कुशीनगरलाई समेत समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्ने प्रस्ताव गरेका छन् । उनको यस लुम्बिनी भ्रमणले बुद्ध सर्किटको निर्माण कार्यलाई सक्रिय बनाउनेछ । रामायण र बुद्धिष्ट सर्किटको निर्माणले नेपाल र भारतका मात्रै होईन अपितु विश्वभरिकै पर्यटकलाई आकर्षित बनाउनेछ किनभने सनातन धर्म संस्कति भित्र रहेको ज्ञान, विज्ञानले व्यापकता लिएको छ । यसलाई सिमित न त राख्न सकिन्छ, न त यो रहन नै सक्दछ ।
मोदीको लुम्बिनी भ्रमण विशुद्धरुपमा धार्मिक भ्रमण नै हो तर भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण राजनीतिक र कुटनीतिक महत्व नराखोस यो हुनै सक्दैन । भूतपूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको नेकपा सरकारको पालामा चिसिएको नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा अथवा पूर्ववत अवस्थामा फर्काउनु कम चुनौतिपूर्ण कार्य थिएन तर प्रधानमान्त्री शेर बहादुर देउवाको नेतृत्वमा सरकार अस्तित्वमा आए सँगै यो सम्बन्ध सकारात्मक एवं सौहाद्रपूर्ण बन्दै गएको छ । प्रधानमन्त्रीको देउबाको गत महिना सम्पन्न भारत भ्रमण यसको प्रमाण हो । भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणलाई यसैको निरन्तरता माग्न सकिन्छ ।