227
Shares
रौतहट, ३० वैशाख । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झाले रौतहटको गढिमाई नगरपालिकाबाट मतदान गरेका छन् ।
शुक्रबार बिहानैबाट लाइनमा बसेर झाले मतदान गरेका हुन् । उनले रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर प्रा.वि.मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सर्वसाधारणको लाईनमा बसेर मतदान गरेका झाले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मतदान भएकाले उत्साह पूर्ण ढंगले यो अभियानमा सहभागी हुन नागरिकलाई आग्रह गरे ।