मधेशको पिडालाई सत्तापक्षले कहिल्यै बुझेन, मधेश पिडामा रह्यो भने नेपाल सुखी हुन नसक्ने ठोकुवा गरे ः पूर्व सभामुख एवं नागरिक अभियन्ता दमननाथ ढुंगाना

प्रभातकुमार झा
रौतहट, १० माघ । वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले मधेशले नेपाल बनाउन धेरै योग्यदान गरेको भएपनि मधेशको पिडालाई नेपाली शासन व्यवस्था चलाउने राजनेताहरु वर्षेको बताउनु भएको छ ।
स्वं गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानको निर्माणाधिन भवन रौतहटको माधवनारायण नगरपालिकाको जयनगरमा आयोजित स्मृति दिवशलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानाले मधेश नेपालको अभिन्न अंग भएपनि मधेश प्रति भईरहेको विभेद, भेदभाव एवं पिडाको अन्त्य गर्न नसकिएको बताउनु भएको हो ।
भेदभाव एवं शोषित पिडितको अधिकारको लागि एवं मेधशको पहिचान कायम गराउनको लागि अनवरत रुपमा ठूलो योद्धाको रुपमा जिवनभरी स्व. गजेन्द्रनारायण सिंह संघर्ष गरिरहे, उनले मधेशको विकास विना नेपालको कल्पणा गर्न नसकिने, मधेशमा विभेद कायमै रहयो भने लोकतन्त्र बलियो हुन सक्दैन जस्ता कार्य लिएर उहाँ अघि बढेको विगतको योग्दानको चर्चा गरे । प्रजातन्त्रको स्थापना संगै मधेश प्रति काठमाण्डौको हेर्ने दृष्टिकोर्णमा परिवर्तन आउछ भने सोचिएका थिए तर त्यस अनुसार नुहँदा कही न कही लोकतन्त्रमा खोट रहेको बताए ।
भेदभावको लडाई संगै विकास निर्माणको कार्य अघि बढे, राजनिति त चलिरहन्छ तर राजनिति केको लागि जनताको सेवा गर्नका लागि हुनुपर्नेमा त्यसो नेपालमा नभएकोमा दुख व्यक्त गर्दै नागरिक अभियन्ता समेत रहनु भएको ढुंगानाले महेन्द्रनारायण निधी, बेदानन्द झा र रामजनम चौधरीलाई आजको दिनमा सम्झिदै उनले मधेशलाई दुख बनाएर नेपाललाई सुखी बनाउन सकिदैन । मधेशलाई पिडा दिएर भारत खुशी हुँदैन, मधेशको पिडा भारतको पनि पिडा हो मधेशलाई सुखी बनाएर विभेद अन्त्य गरेमा भारत पनि खुशी हुने उनले स्पष्ट पारे ।
अहिले पनि नेपालमा अबैधानिकता कार्यहरु वर्तमान अवस्थामा भएको छ, प्रजातन्त्र भएन भने भेदभाव अन्त्य गर्न सकिदैन, प्रजातन्त्र भएन भने अभावको अन्त्य हुदैन, लोकतन्त्रिक व्यवस्थालाई कसरी सदुपयोग गर्ने त्यस तर्पm सोच्नुपर्ने आजको आवश्यक्ता रहेको महसुस गरे । मधेश आन्दोलनको क्रममा ठूलो जनताहरु सहादत भए त्यसलाई सदुपयोग गरी सहि ढंगबाट मधेशलाई सम्बोधन गर्नुपर्ने तर त्यसलाई पछाडी धकेल्ने प्रति अहिले हावी भएको हुँदा सोको विरुद्ध लड्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।
भारतको स्वतन्त्रता संज्ञाम पछिको १९५१ को संसदमा आसामको नागाहरु सिंह लगाएर सदनमा गए तर उसलाई कसैलेपनि जानबाट राकिएन संसद भनेको त्यो पो हो । तर २०४७ सालमा आएको बहुदलिय व्यवस्थाको निर्वाचन पछि गजेन्द्र नारायण सिंह सहित ६ जना साँसदहरु धोतिकुर्ता गम्छा सहितको मधेशको पहिरन सहित सदनमा प्रवेश गर्न खोज्दा तत्कालिन सचिवले रोकेका थिए तर आफूले एउटै देशको नागरिकहरु विभिन्न भेषभुषा एवं पहिरनको व्यत्तित्वलाई प्रवेश गर्नबाट रोकिदा मानवअधिकारको हनन हुने भएको हुँदा त्यसवेला पहिलो पटक उक्त पहिरन सहितको हिन्दीमा बोल्न सर्वप्रथम अधिकार दिलाएको समेत उनले स्मरण गरे ।
लोकतन्त्रलाई जिवन्त राख्न नेता भएन यो मुलुकमा, जनताहरु मतदान गर्दा नेपाल र नेपालीपना पहिचान गर्न सकिने राजनेताहरु ल्याउन नसकिएको कारण अहिलेको अवस्था उत्पन्न भएको आरोप लगाए । राज्यविहिनताको अवस्था छ, जनतालाई पहिचान सहितको
नेपालको राजनितिमा २ वटा जेनेरेशन छ, एउटा भारतीय लोकतन्त्रको आन्दोलनबाट पाठ सिक्ने र अर्को केही पनि नजान्ने जेनेरेशन हो । नेपालमा बाहुल्यता केही नजान्नेहरुको बाहुल्यता नेपाली काँग्रेसमा पनि छ कम्युनिष्टमा त धेरै भएको हुँदा अहिले नेपाल राज्य विहिनताको अवस्थाबाट गुज्रिरहदा जनतालाई कानुनी राज्य चाहिन्छ त्यसको लागि संघर्षको माध्यमबाट अधिकार स्थापित गराउन पर्ने बताए ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा निर्वाचन आयोग प्रमुख अनिलकुमार झाले लोकतन्त्र, मधेशवाद र भारत संगको सम्बन्ध सहित तिन वटा प्रमुख मुद्दा लिएर स्व. गजेन्द्रनारायण सिंहले आफना आवाज निरन्तर रुपमा बुलण्ड गर्दै अगाडी बढेको चर्चा गरे । नेपालमा मधेश र मधेशीलाई भेदभाव अन्त्य गरी अधिकार स्थापित गराउने, लोकतन्त्रलाई बलियो बनाउने र भारत संगको वेटी रोटीको सम्बन्धलाई अझै प्रगाढ बनाउने सपना थिए तर अहिले भारत संगको सम्बन्धमा धेरै कटुटा आएको लोकतन्त्र पनि खतरामा पडेको टिप्पणी गरे ।
हाम्रा अहिलेको संविधानमा धेरै विमती भएपनि लोकतान्त्रि संघिय गणतन्त्रमा त्यसलाई करेक्सन गर्दै अघि बढ्ने विश्वास गरिएको तर अहिलेको संविधानलाई नै मिचेर गरिएको राजनितिक अस्थिरताबाट लोकतन्त्रमाथि ठूलो संकट खडा भएको बताए । गजेन्द्र नारायण सिंहको सपना पुरा गराउन आ आफनो स्तरबाट लागेमा उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
सो कार्यक्रममा भारतीय महावाणिज्य दुताबास विरगंजको राजनितिक सचिव शैलेन्द्र सिंहले भारत नेपालको जनता विच हजारौं हजार बर्ष देखिको सम्बन्ध हो, कसैले भन्दैमा वा विभेद गर्दैमा समाप्त नहुने बताउदै उनले भारत हर पल नेपाललाई सहयोग एवं समृद्ध बनाउने कार्यमा अघि बढिरहेको चर्चा गरे । पछिल्लो समयमा देखिएको केही असमझदारी का कारण दुई देश विच सम्बन्ध चिसिएको हल्ला भएपनि त्यसमा कुनै सत्यता नहरेको स्पष्ट पार्दै भारतबाट सिमा क्षेत्र २२ डिसेम्बरबाट खुला गरेपनि नेपालको आन्तरिक कारणबाट मात्रै सिमा क्षेत्रको अवरोध अहिले सम्म नहटेको बताए ।
वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार चन्द्रकिशोरले गजेन्द्र नारायण सिंह सधै नेपाल भित्र मधेशी, पहाडको आदिवासी जनजाती शोषित पिडित जनताको पक्षमा निरन्तर आवाज उठाउदै समानताको पक्षमा लडाई लड्दै यो संसारबाट विदा भएपनि उनको योग्यदानको सधै उच्च सम्मानको साथमा स्मरण भईराख्ने बताए ।
प्रदेश नम्वर २ को वन, वातावरण मन्त्री रामनरेश यादवले स्व. गजेन्द्र नारायण सिंहको प्रेरणाबाट आफू यहाँ सम्म आईपुगेको चर्चा गर्दै गजेन्द्रबाबुको सपनालाई पुरा गराउन आफू जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए । मधेश र मधेशी जनताको अधिकारलाई वर्तमान ओली सरकारद्धारा कुण्ठित पार्ने कार्य भईरहदा अव मधेशको जनताहरु चुप लागेर बस्न नसकिने चेतावनी दिए । दक्षिणको सिमा बन्द गरेर ओली सरकार मधेशी जनतालाई भारतीय जनता संगको अटुट सम्बन्धलाई धुमिल पार्ने दुत्साहस गरेकोमा उक्त वैरियरलाई मधेशी जनताहरु भत्काएर जनता जनता विचको सदियौंको सम्बन्धलाई कायमै राख्ने बताए । आफनो पनि ससुराली भारतमै रहेको तर त्यहाँ जानुपर्ने नितान्त आवश्यक्ता रहेको अवस्थामा सिमा बन्द रहदा जानबाट बंचित रहनुपरेको आक्रोश उनले व्यक्त गरे ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानको अध्यक्ष लिला साहको सभापतित्वमा सम्पन्न स्मृति दिवशमा भौतिक पुर्वाधार विकास राज्य मन्त्री डिम्पल झा, साँसदद्धय बालुलाल साह र अबुल कलाम अजाद (फुलबाबु), जिल्ला समन्वय समितिको सभापति उपसभापति रामएकवाल यादवर र रामबशिष्ट यादव, गरुडा नगरपालिकाको प्रमुख इन्नु राय यादव, गौर नपाको उपप्रमुख किरण ठाकुर, जसपा केन्द्रीय सदस्य रेबन्त झा, जसपा नेता अनिलकुमार सिंह, रामेश्वर राय यादव, जसपा प्रदेश २ सदस्य वृजकिशोर यादव लगायतका नेताहरुले गजेन्द्र नारायण सिंहको योग्यदानलाई कहिल्यै नेपाली जनताले बिर्षन नसकिने चर्चा गरे ।