चुनावमा पैसाको खोलो बग्यो, भोजभतेरको लर्कोलाई रोक्न आयोग असफल ः नेता नेपाल

   ३० बैशाख २०७९, शुक्रबार १४:५५  

रौतहट, ३० वैशाख । नेकपा एकिकृत समाजवादीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाले चुनावमा पैसाको खोलो बग्नु र भोजभतेरलाई रोक्न निर्वाचन आयोग असफल भएको बताउनु भएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर २ स्थित रामजानकी कन्या आधारभुत विद्यालय मतदान केन्द्रमा शुक्रवार मतदान गरेर बाहिरिने क्रममा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउुन भएको हो ।
“स्वच्छ, इमान्दार छवि भएका व्यक्ति तर उ संग पैसा हुँदैन भने त्यस्ता व्यक्तिहरु चुनावमा कसरी जान सक्छ, जहा पैसाको खोलो बगेको हुन्छ, भोजभतेर दिनहुँ भईरहेको छ तर त्यस्तालाई राक्न निर्वाचन आयोग असफल हुनु” निकै चिन्ताको विषय भएको नेता नेपालले भने ।
मतदाताहरुलाई रिझाउन, फकाउन, पैसाको चरम दुरुपयोग गर्नु, दलालहरु मार्फत पैसा वितरण गराउनु र भोजभतेरको लर्को लगाउनु जस्ता परिपाटी हेर्दा हामी कहाँ जाँदै छौं भने यतिवेला प्रश्न उठेको छ, निर्वाचन आचार संहिताको कुरा मात्रै गरेर व्यवहारमा लागु नहुनु जस्ता क्रियाकलापबाट आवको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं प्रभावकारी बनाउन कसरी सकिन्छ प्रश्न चिन्ह खडा हुनु स्वभाविकै रहेको उनले बताए ।
प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने दिएको जिम्मेवारीलाई पूर्ण रुपमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
माधवकुमार नेपाललाई हुटिंग
गौर नगरपालिका ५ स्थित गौरीशंकर यादव क्याम्पस मतदान केन्द्रको अवस्था कस्तो छ भनेर अनुगमन एवं हेर्न जाँदा केही गलत मानसिकता भएको व्यक्तिहरुले उनलाई हुटिंग गरेको छ । अध्यक्ष नेपाल विरुद्ध गलत नाराहरु लगाउदै उनी माथि ढुंगामुढा प्रहार गर्न खोज्दा सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरुले उनलाई जोगाएर बाहिर निकाल्न सफल भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै