१०८ बर्षिया वृद्धा वनीदेवी झाले मतदान गरिन

   ३० बैशाख २०७९, शुक्रबार १६:४१  

मत्सरी (रौतहट), ३० वैशाख । लोकतन्त्रको महाकुम्भ मानिने स्थानीय तहको निर्वाचनमा उत्साह एवं जाँगरको साथ १०८ बर्षकी वृद्धा महिला मतदान केन्द्रमा आएर मतदान गरेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ स्थित संस्कृत उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा १०८ बर्षिया वृद्धा बनीदेवी झा आफै मतदान केन्द्रमा आएर मतदान गरेकी हुन् ।
१०८ बर्षको उमेरमा मतदान गर्नु आफैमा अचम्म लाग्न सकिन्छ तर त्यो उमेरमा पनि आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नु ठूलो सौभाग्यको विषय भएको मतदान पछि तराई टप अनलाईन संग कुरा गर्दै उनले भनिन । “कति निर्वाचन हेरिसकेको जिकिर गर्दै गाउँ समाजको हितमा काम गर्ने असल व्यक्तिलाई मतदान गर्नु पर्छ, मतदान गर्नु ठूलो जिम्मेवारी दिनु हो, मतलाई खेर जानु दिन हुँदैनन् उनले यसरी भनिन” ।
“लोकतन्त्रमा चुनाव ठूलो पर्वको रुपमा लिईन्छ, यो महा पर्वलाई सार्थक सफल बनाउन आफूले रोजेको उम्मेदवारलाई अमूल्य मत दान गरेर विजयी बनाउनु ठूलो सौभाग्यको विषय हुने गर्दछ” वृद्धा बनीले भनिन । अव हाम्रो आयु लगभग सकिएको जस्तो लाग्छ यो नै मेरो लागि अन्तिम निर्वाचन हुन सक्ने हो कि जस्तो लाग्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै