स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगको ठहर

   ३० बैशाख २०७९, शुक्रबार १९:५७  

काठमाडौं, ३० वैशाख । स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न भएको छ ।
निर्वाचन अनुगमनको क्रममा देखिएका कुराहरुलाई लिएर आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको आयोगको ठहर हो ।
‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भने । आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ । अध्यक्ष सहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो । उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै