लामो समय देखि अस्वस्थ रहेका पत्रकार मण्डललाई आर्थिक सहयोग र सम्मान पत्र प्रदान

   ११ माघ २०७७, आईतवार १५:५९  

रौतहट, ११ माघ । दुर्घटनामा परेर लामो समय देखि अस्वस्थ्य रहदै आएको पत्रकार रविन्द्र मण्डललाई दुर्गा भगवती गाउँपालिकाको अध्यक्षले ५१ हजार नगद आर्थिक सहयोग उपलब्ध गराएको छ ।
डेढ बर्ष अघि सवारी दुर्घटनामा परेर अस्वस्थ भई वेडमै रहेका पत्रकार रविन्द्र मण्डललाई आर्थिक सहयोग उपलब्ध गराएर समुचित रुपमा उपचार गराउन दुर्गा भगवती गाउँपालिका संग नेपाल पत्रकार महासंघ रौतहट शाखाले संयोजन गरेपछि उक्त पालिकाको अध्यक्ष अरुण साहद्धारा माघ ९ गते नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पन्न ११ साधारण सभामा ५१ हजार नगद रकम दिने घोषणा गरेका थिए ।
दुर्गा भगवती गाउँपालिका ३ मत्सरी घर भएका पत्रकार मण्डलको घरमा आईतवार पालिका अध्यक्ष साह, शाखा सचिव गौतम श्रेष्ठ सहितको पदाधिकारीहरु गएर उक्त रकम हस्तान्तरण गर्दै महासंघद्धारा सम्मान पत्रको साथै दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।


पत्रकार मण्डल डेढ बर्ष अघि काठमाण्डौबाट घर फर्किने क्रममा माँ कल्याणी बस मकवानपुरको हेटौडामा दुर्घटना हुँदा उनलाई ढाँडमा चोट लागेर अचेत भएपछि भरतपुर मेडिकल कलेजमा उपचार भएपनि आफै हिडडुल गर्न अवस्था नरहेको दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था विग्रिदै जाँदा महासंघको पहलमा उनलाई आज उनकै घरमा गएर स्वास्थ्यको अवस्था बुझ्नुको साथै उनलाई नगद सहित सम्मान पत्र र दोसल्ला ओढाइएको शाखा सचिव गौतम श्रेष्ठले बताए । उक्त अवसरमा दुर्गा भगवती गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगत साह, नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को उपाध्यक्ष प्रभातकुमार झा र प्रविण शर्माको उपस्थिति रहेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै