रौतहट, ३१ वैशाख । अपराधको कुनै धर्म हुँदैन, न कुनै जात हुन्छ, ठिक त्यसै गरी अहिलेको नेताहरुको कुनै भर हुँदैनन । जनताको विश्वास भन्दा साम दण्ड भेदको निति अख्तियार गरी हत्या हिंसा माथि विश्वास गर्ने राजनीति भईरहदा जनताहरु निकै असुरक्षित महसुस गरिरहेका छन् ।
रौतहटको राजपुर नगरपालिका र देवाही गोनाही नगरपालिकामा धारिलो हात हतियार लिएर गाउँमा मानिसहरु खुलेआम घुमिरहदा जनताहरु असुरक्षित महसुस गरेका हुन् ।
राजपुरमा काँग्रेस निकट र देवाही गोनाहीमा जनता समाजवादी पार्टी निकट केही अपराधिक गिरोहहरु मतगणनालाई प्रभावित पार्नका निम्ती बाँसको चिरपट भाटा, धारिलो हतियार सहित गाउँमा पसेपछि स्थानीय बासिन्दाहरु सम्भावित घटनालाई लिएर असुरक्षित महसुस गरेको छ ।
निर्वाचन सम्पन्न भएपनि मतगणना हुने समयमा प्रतिपक्षलाई त्रसित बनाएर एकलौटि रुपमा मतगणना केन्द्र कब्जा गरेर आफ्नो पक्षमा रिजल्ट लिउन काँग्रेस र जसपाले उक्त समूह परिचालित गरेको आरोप लगाइएको छ ।
ट्रेक्टरमा हातहतियार सहित टोलमा प्रवेश गरेका केहि ब्याक्तिलाई इलाका प्रहरी कार्यालय राजपुरले नियन्त्रणमा लिएको छ । धेरै संख्यामा अरु पनि गाउँ पसेको अनुमान गरिएको छ ।
त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको तथा अपराधिक प्रवृतिको व्यक्तिहरुको व्यापक खोजतलास जारी रहेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन